From Wikipedia, the free encyclopedia
मेइसी इस्ट्रेला केड्लिक (जन्म:२४ मार्च १९९०) एक अमेरिकी व्यावसायीक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी लेइसी एभेन्सको नामले कुस्ती खेल्ने गर्छिन्।
लेइसी एभेन्स | |
---|---|
वास्तविक नाम | मेसी एभेन्स |
जन्म | जर्जिया, अमेरिका | मार्च २४, १९९०
निवासस्थान | दक्षिण क्यारोलिना, अमेरिका |
जीवनसाथी(हरू) | अलफन्सो इस्ट्रेला क्याडलिक |
बच्चा | १ (छोरी) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | लेइसी एभेन्स[1] मेइसी इस्ट्रेला मेइसी एभेन्स[2] रिबु मोब्स[3] |
उचाई | ५ फिट ८ इन्च (१.७३ मी)[1] |
उत्पत्ति | दक्षिण क्यारोलिना[1] |
प्रशिक्षक | टम काइजारो डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र |
पदार्पण | सन् २०१४ |
उनी अमेरिकी नौसेना सैन्य प्रहरी कार्यकारीको रूपमा सेवा गर्ने क्रममा उनले कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले संयुक्त राज्यको स्थित स्वतन्त्र सर्किटमा प्रशिक्षण र कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन्। सन् २०१६ मा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। उनले डब्ल्युडब्ल्युईद्वारा आयोजित पहिलो मे यो क्लासिकमा पनि एक प्रतिस्पर्धाीको रूपमा भाग लिएकी थिइन्। जापानी महिला कुस्ती खेलाडी काइरी सेनसँगको द्वन्द्व चलिरहेका बेला उनले सन् २०१८ डिसेम्बरमा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने पछि उनको र महिला विजेता बेकी लिन्च बीच लिन्चको महिला उपाधिका लागिद्वन्द्व चलेको थियो।
इस्ट्रेलाले सन् २०१४ मा जर्जिया स्थित स्टेट्सबरोमा रहेको अमेरिकी कुस्ती प्रशिक्षण केन्द्रमा टम काइज्जोको नेतृत्वमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् छिन्। उनले पछि उक्त पदोन्नतिका लागि पर्दापण खेल सन् २०१४ मा खेलेकी थिइन् भने पछि उनले उक्त पदोन्नतिको विश्व ह्याभिवेट उपाधि जित्न सफल भएकी थिइन्।[4]
सन् २०१६ अप्रिल १२ का दिन इस्ट्रेलाले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा एकल तथा ट्याग टिम खेल खेल्न सुरु गरेकी थिइन्।[5][6] अक्टोबर २०, २०१६ का दिन उनले डब्ल्युडब्ल्युईद्वारा आयोजित एक कुस्ती कार्यक्रममा उक्त पदोन्नतिका लागि पर्दापण गरेकी थिइन् जहाँ उनी एक महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेलबाट उनी निस्कासन भइन् भने खेल एम्बर मुनले आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्।[7] उक्त खेलको तीन महिना पश्चात् डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिका लागि पहिलो खेलमा साराहा ब्रिड्जसँग एक टोली गठन गर्दै द आइकोनिक्स (बिली के र पिटन रोइस) विरुद्धको खेल खेलेका थिए तर उक्त खेलमा उनीहरूको टोली द आइकोनिक्ससँग पराजित भएका थिए।[8][9][10] सन् २०१७ मा इस्ट्रेलाले आफ्नो रिङ नाम लेइसी एभेन्समा परिवर्तन गरेकी थिइन्।[11] सन् २०१७ जुलाई महिनामा एभेन्सले डब्ल्युडब्ल्युई द्वारा आयोजित मे योङ क्लासि नामक एक प्रतिस्पर्धामा एक प्रतियोगीको रूपमा भाग लिने जानकारी गराएकी थिइन् भने उक्त प्रतियोगिता सन् २०१७ मा डब्ल्युडब्ल्युईले पहिलोपटक आयोजना गरेको थियो।[12] उक्त कार्यक्रम अन्तर्गत एभेन्सले पहिलो चरणमा टेनारा कोन्टीलाई हराउन सफल भएकी थिइन् भने तर उनी उक्त प्रतियोगिताको दोस्रो चरणको खेल चलिरहँदा टोनी स्टोर्मसँग पराजित हुँदै उक्त प्रतियोगिताबाट बाहिरिएकी थिइन्। [13][14]
सन् २०१८ जनवरी १७ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा एभेन्स नकारात्मक भूमिकामा देखा पर्न सुरु गरेकी थिइन् जब उनले तत्कालका एनएक्सटीका महाप्रबन्धक विलियम रिगललाई निकी क्रस, एम्बर मुन र काइरी सेन जस्ता कुस्ती खेलाडीलाई आरोप लगाएकी थिइन्।[15][16][17][18][19] सन् २०१८ देखि उनको काइरी सेनसँग द्वन्द्व चलेको थियो भने उनीहरू बीचको दुई खेलमा एक एभेन्सले र एक सेनले जितेका थिए तर पछि उनीहरूको एकअर्काको खेलमा हस्तक्षेप गर्दै एकअर्कालाई आक्रमण गर्दै क्रम जारी राखेका थिए।[20] अन्ततोगत्वा सन् २०१७ जुन ६ का दिन आयोजित एनएक्सटीको एक शृङ्खलामा लेइसी एभेन्स र काइरी सेन बीचको खेल जारी गरिएको थियो जहाँ एभेन्स सेनसँग पराजित भएकी थिइन् भने उक्त पराजितसँग उनको र सेन बीचको द्वन्द्व अन्त्य भएको थियो।[21][22] उक्त वर्षको बाँकी रहेका महिनाहरूमा एभेन्सले डाकोटा काई र क्यान्डीस लिरे जस्ता कुस्ती खेलाडीहरूलाई पराजित गर्दै एक अपराजित यात्रा कायम गर्न सफल भएकी थिइन्।[23][24] सन् २०१७ डिसेम्बरमा उनले एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि एक ब्याटल रोयल खेलमा भाग लिएकी थिइन् तर उक्त खेल बियाङ्का बालेयले[25] जित्न सफल भएकी थिइन्। [26]
सन् २०१८ डिसेम्बर १७ मा दिन एनएक्सटीबाट पदोन्नति भएर डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गर्ने ६ कुस्ती खेलाडी मध्ये एभेन्स पनि एक थिइन्।[27][28] उनले डब्ल्युडब्ल्युईको मेन इभेन्ट नामक कार्यक्रममा उनको पहिलो खेल नेटालियाको विरुद्धमा खेलेकी थिइन् जुन खेल सन् २०१९ जनवरी ७ का दिन आयोजना गरिएको थियो। मेन इभेन्ट उनको सामना नेटालियासँग भएको थियो तर उक्त खेलमा उनी नेटालियासँग पराजित भएकी थिइन्।[29][30][31] एभेन्सले आधिकारिक रूपमा डब्ल्युडब्ल्युई द्वारा सञ्चालन गरिएको रोयल रम्बल सन् २०२९ मा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन्। उनले रोयल रम्बलमा पहिलो स्थानमा रिङ प्रवेश गर्दै द आइकोनिक्स (पिटन रोइस र बिली के) लाई खेलबाट निस्कासन गराएकी थिइन् तर खेलको २९औँ मिनेटमा उनलाई सार्लेट फ्लेयरले खेलबाट निस्कासन गराएकी थिइन्।[32] उक्त कार्यक्रम पश्चात् एभेन्स डब्ल्युडब्ल्युई द्वारा हरेक हप्ता आयोजना गरिने र र स्म्याकडाउनमा देखा पर्दै खेल हेर्न उपस्थित दर्शकलाई हात हल्लनउने क्रम जारी राख्दै उक्त पदोन्नतिका लागि भने खेलहरूमा समावेश भएकी थिइनन्। [33][34]
डब्ल्युडब्ल्युईद्वारा सञ्चालन गरिएको रेसलमेनियाको ३५औँ शृङ्खला पश्चात् एभेन्स सन् २०१९ सुपरस्टार सेक अफ अन्तर्गत डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र रमा आवद्ध भएकी थिइन्।[35][36] उनी उक्त पदोन्नतिमा सरुवा भएपछि उनले हरेक हप्ता तत्कालका स्म्याकडाउन तथा र महिला विजेता बेकी लिन्चलाई आक्रमण गर्न सुरु गरेकी थिइन् जसकारण उनीहरू बीच द्वन्द्वको सुरुवात भएको थियो।[37][38][39] एभेन्स बारम्बार महिला विजेता लिन्चलाई आक्रमण गरेका कारण उनीहरू बीच मे १९, २०१९ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित मनी इन द बेङ्कमा र महिला उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा उनले आत्मसमर्पण गरेका कारण लिन्चले खेल जितेकी थिइन्। त्यसको केही मिनेट पश्चात् लिञ्च र सार्लेट फ्लेयर बीच स्म्याकडाउन महिला उपाधिका लागि पनि खेल आयोजना गरिएको थियो जहाँ एभेन्सले फ्लेयरलाई स्म्याकडाउन महिला उपाधि जित्नका लागि सहयोग गरेकी थिइन् जसकारण लिन्च फ्लेयरसँग पराजित हुँदै स्म्याकडाउन महिला उपाधि गुमाएकी थिइन्। सन् २०१९ को मध्ये देखि उनले पुनः तत्कालका र महिला विजेता लिन्चलाई उनक महिला उपाधिका लागि चुनौती दिन सुरु गरेकी थिइन्।[40][41][42][43][44][45][46] डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिएको स्टम्पिङ ग्राउन्ड नामक एक कार्यक्रममा एभेन्स र लिन्चको सामना र महिला उपाधिका लागि भएको थियो तर उक्त खेलमा पनि उनी लिन्चसँग पराजित भएकी थिइन्। एभेन्स र बेरन कोर्बिनले तत्कालका युनिभर्सल विजेता सेथ रोलिन्स र र महिला विजेता बेकी लिन्चलाई उनीहरूको उपाधिका लागि चुनौती दिएका जसकारण उनीहरू बीचको खेल एक मिश्रित ट्याग टिम खेल बन्न पुगेको थियो।[47] एक्स्ट्रिम रूल नामक एक कुस्ती कार्यक्रममा उक्त दुई टोली बीच दुवै र महिला उपाधि र युनिभर्सल उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा पनि कोर्बिन र एभेन्स टोली लिन्च र रोलिन्ससँग पराजित भएका थिए जसको फलस्वरूप उनीहरूको बीचको द्वन्द्व अन्त्य भएको थियो।
सन् २०१९ अक्टोबर ११ का दिन उनी सन् २०१९ सुपरस्टार सेक अफ अन्तर्गत पुनः डब्ल्युडब्ल्युई स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[48][49][50][51][52][53] डब्ल्युडब्ल्युईले साउदी अरबमा सञ्चालन गरेको क्राउन जोर्लस् नामक एक कुस्ती कार्यक्रममा एभेन्सको सामना नेटालियासँग भएको थियो भने उक्त खेलमा पनि उनी नेटालियासँग पराजित भएकी थिइन् जुन एक ऐतिहासिक खेल थियो।[54] सन् २०१९ नोभेम्बर २९ का दिन आयोजित स्म्याकडाउनक एक शृङ्खलामा एभेन्सले सासा बेङ्क्स र बेइलीका कारण सरभाइभर सिरिजमा टोली एनएक्सटीसँग हार बेहोर्नु परेक जानकारी गराएकी थिइन् जसकारण बेइली[55] र उनको खेल सन् २०२० जनवरी २६ का दिन आयोजित रोयल रम्बलमा स्म्याकडाउन महिला उपाधिका लागि खेल जारी गरिएको थियो तर उक्त खेलमा उनले स्म्याकडाउन महिला उपाधि जित्न असमर्थ रहिन्।[56]
रेसलमेनिया ३६ मा एभेन्स स्म्याकडाउन महिला उपाधिको लागि पाँचतर्फी उन्मूलन प्रतियोगिताको सहभागीको रूपमा आएकी थिइन्। सासा बेङ्क्सको हस्तक्षेपपछि बेइलीसमक्ष पराजय भोगेकी थिइन्। अप्रिल २४, २०२० को स्म्याकडाउन प्रकरणमा एभेन्सले मे १० मा भएको मनि इन द बेङ्क कार्यक्रममा सहभागी हुने अवसरका लागि छनोट खेलमा सासा बेङ्क्सको सामना गरेकी थिइन्।[57][58] एभेन्सले उक्त खेल आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्। पछि उनलाई र ब्रान्डमा स्थानान्तरण गरिएको थियो।[59]
जनवरी ४, २०२१ को रको प्रशारणमा उनले रिक फ्लेयरसँग देखा परेकी थिइन् भने उनले महिला ट्याग टिम उपाधिको लागि सार्लेट फ्लेयर र आसुका खेलमा फ्लेयरसँग हस्तक्षेप गरेकी थिइन्। त्यसपछिका हप्ताहरूमा रिक फ्लेयरले एभेन्ससँग काम गर्दै आफ्नी छोरी सार्लेटको ध्यान विकर्षण गरेकी थिइन्।[60] फेब्रुअरी १५ मा एभेन्स गर्भवती रहेको घोषणा गरिएको थियो र त्यस रातको र को प्रशारणमा एक कहानीमा समावेश गरियो, जसमा रिक फ्लेयरलाई पिताको रूपमा सङ्केत गरिएको छ।[61] एभेन्स इलिमिनेसन च्याम्बरमा र महिला उपाधिको लागि असुकाको सामना गर्ने योजना बनाएकी थिइन् तर उनको गर्भावस्थाको कारण खेल रद्द गरिएको थियो। फलस्वरूप रिक फ्लेयरसँगको कथा रद्द गरिएको थियो।[62] उनले उक्त समारोहमा उनले उपाधि जित्ने योजना बनाएको जनाइएको थियो। [63]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.