जर्मन फुटबल खेलाडी From Wikipedia, the free encyclopedia
लुकास 'जोसेफ' पोडोल्स्की (जर्मनेली उच्चारण: [ˈluːkas poˈdɔlski] वा IPA: [ˈwukaʂ poˈdɔlski] जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासराय र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासरायमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।
व्यक्तिगत जानकारी | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लुकास जोसेफ पोडोल्स्की[1] | |||||||||
उचाइ | १.८२ मी (६ फिट ० इन्च)[2] | |||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति[3] | |||||||||
क्लब जानकारी | ||||||||||
वर्तमान टोली | गालातासराय | |||||||||
सङ्ख्या | ११ | |||||||||
युवा करियर | ||||||||||
१९९१–१९९५ | एफसी ०७ बेगहिम | |||||||||
१९९५–२००३ | १. एफसी कोल्न | |||||||||
वरिष्ठ करियर* | ||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||
२००३ | १. एफसी कोल्न II | २ | (०) | |||||||
२००३-२००६ | १. एफसी कोल्न | ८१ | (४६) | |||||||
२००६–२००९ | बायर्न म्युनिख | ७१ | (१५) | |||||||
२००७–२००८ | बायर्न म्युनिख II | २ | (०) | |||||||
२००९–२०१२ | १. एफसी कोल्न | ८८ | (३३) | |||||||
२०१२–२०१५ | आर्सनल | ६० | (१९) | |||||||
२०१५ | → इन्टर मिलान (ऋण) | १७ | (१) | |||||||
२०१५- | गालातासराय | ३४ | (१५) | |||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||
२००१-२००२ | जर्मनी यू-१७ | ६ | (२) | |||||||
२००२–२००३ | जर्मनी यू-१८ | ७ | (४) | |||||||
२००३ | जर्मनी यू-१९ | ३ | (६) | |||||||
२००४ | जर्मनी यू-२१ | ५ | (०) | |||||||
२००४–२०१६ | जर्मनी | १२९ | (४८) | |||||||
सम्मान
| ||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ सेप्टेम्बर २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०१५ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.