From Wikipedia, the free encyclopedia
लुका मोड्रिच (क्रोएसियाली उच्चारण: [lûːka mǒːdritɕ];[3][4] जन्म ९ सेप्टेम्बर १९८५) क्रोएसियाली व्यवसायिक फुटबल खेलाडी हुन्। मोड्रिच हाल स्पेनी क्लब रेआल माद्रिदका प्रभावशाली खेलाडी तथा क्रोएसिया राष्ट्रिय टिमका कप्तान हुन्। मोड्रिच मुख्यतःया प्रमुख मध्यपङ्क्तिबाट खेल्ने गर्छन् तर उनी आक्रामक मध्यपङ्क्ति वा रक्षात्मक मध्यपङ्क्तिका रूपबाट समेत खेल्न सक्छन्। मोड्रिच आफ्नो समयको सबैभन्दा उत्कृष्ट मध्यपङ्क्ति खेलाडीहरू मध्येका एक मानिन्छन्।[5] [6]
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लुका मोड्रिच[1] | ||||||||||||
जन्म मिति | [1] | ९ सेप्टेम्बर १९८५||||||||||||
जन्म स्थान | जदार, क्रोएसिया, युगोस्लाभिया | ||||||||||||
उचाइ | १.७२ मी[2] | ||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | रेआल माद्रिद | ||||||||||||
सङ्ख्या | १० | ||||||||||||
युवा करियर | |||||||||||||
१९९६-२००१ | जादर | ||||||||||||
२००२-२००३ | दिनामो जाग्रेब | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२००३-२००८ | दिनामो जाग्रेब | ९४ | (२६) | ||||||||||
२००३-२००४ | → ज्रिन्स्की मोस्तर (ऋणमा) | २२ | (८) | ||||||||||
सन् २००४-२००५ | → इन्टर जेप्रेसिक (ऋणमा) | १८ | (४) | ||||||||||
२००८-२०१२ | टोटन्ह्याम हटस्पर | १२७ | (१३) | ||||||||||
सन् २०१२– | रेआल माद्रिद | २०० | (१२) | ||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
सन् २००१ | क्रोएसिया यु१५ | २ | (०) | ||||||||||
सन् २००१ | क्रोएसिया यु१७ | २ | (०) | ||||||||||
२००३ | क्रोएसिया यु१८ | ७ | (०) | ||||||||||
सन् २००३-२००४ | क्रोएसिया यु१९ | ११ | (२) | ||||||||||
सन् २००४-२००५ | क्रोएसिया यु२१ | १४ | (२) | ||||||||||
सन् २००६– | क्रोएसिया | १२० | (१४) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:४७, १५ जुलाई २०१९ (युटिसी) |
मोड्रिच क्रोएसियाको जादरमा जन्मिएका हुन्। क्रोएसियाको स्वतन्त्रता सङ्ग्रामका कारण उनको बाल्यकालमै उनको परिवार विस्थापित हुनु परेको थियो। स्थानीय क्लबमा राम्रो प्रदर्शन गरे पछि सन् २००२ मा १६ वर्षको उमेरमै उनलाई दिनामो जाग्रेब फुटबल क्लबले अनुबन्धित गरेको थियो। केहि समय अन्य क्लबहरूमा अनुभव बटुलेर सन् २००५ देखि उनले दिनामो जाग्रेब फुटबल क्लबबाट फुटबल खेल्न थाले र लगातार तीन पटक घरेलु लिग तथा कप जितेका थिए। यस क्रममा उनी सन् २००७ को क्रोएसियाको वर्ष फूटबल खेलाडी घोषित हुन सफल भएका थिए। सन् २०१८ मा उनलाई प्रिमियर लिग को फुटबल क्लब टोटन्ह्याम हटस्पर ले क्लबकै इतिहासमा सर्वाधिक मूल्य ( एक करोड ६५ लाख पाउन्ड) तिरेर अनुबन्धित गरेको थियो। उनकै योगदानमा टोटन्ह्याम हटस्पर सन् २०१०-११ को च्याम्पियन्स लिगमा छनौट भयो, यो सहभागिताको अवसर करीब ५० वर्षपछि क्लबलाई प्राप्त भएको थियो । मोड्रिचको प्रेरणामा टोटन्ह्याम हटस्पर उक्त संस्करणको च्याम्पियन्स लिगको उत्कृष्ट-८ सम्म पुग्न सफल भएको थियो।
सन् २०१२ मा मोड्रिच स्पेनी क्लब रेआल माद्रिदमा स्थानान्तरण भए जसका लागि माद्रिदले टोटन्ह्यामलाई पाउन्ड तीन करोड पाउन्ड तिरेको थियो। सन् २०१३-१४ मा प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा माद्रिदले आफ्नो दशौँ च्याम्पियन्स लिग उपाधि जित्दा मोड्रिचको योगदान महत्त्वपूर्ण रह्यो र उनी सो वर्ष च्याम्पियन्स लिगको सर्वोत्कृष्ट ११ खेलाडीको टोलीमा समेटिए। जिनेदिन जिदान म्याड्रिडको प्रमुख प्रशिक्षक नियुक्त भए पछि क्लबले सन् २०१५-१६ देखि १०१७-१८ सम्म लगातार च्याम्पियन्स लिग जित्दा मोड्रिचको भूमिका झन् महत्त्वपूर्ण तथा केन्द्रीय रह्यो र हरेकपटक च्याम्पियन्स लिगको सर्वोत्कृष्ट ११ खेलाडीको टोलीमा समेटिए। स्पेनी लिगको सर्वोत्कृष्ट मध्यपङ्क्तिको खेलाडीको रूपमा उनी सन् २०१३-१४ तथा २०१५-१६ मा पुरस्कृत भए। साथै, उनलाई युरोपेली फुटबल सङ्घ (युएफन) ले सन् २०१७ तथा २०१८ युरोपको सर्वोत्कृष्ट मध्यपङ्क्तिको खेलाडी घोषणा गर्दै पुरस्कार प्रदान गरेको थियो। सन् २०१५ मा विश्व फुटबल सङ्घ (फिफा) ले विश्वको सर्वोत्कृष्ट ११ खेलाडीको टोली (फिफप्रो-११) घोषणा गर्दा क्रोएसियाको तर्फबाट उक्त टोलीमा प्रतिनिधित्व गर्ने पहिलो खेलाडी बनेका उनी २०१६ तथा २०१८ मा पनि उक्त टोलीमा समेटिए। सन् २०१८ मा उनी युईएफए वर्ष खेलाडी दरिएका उनी सो सम्मान पाउने पहिलो क्रोएसियाली खेलाडी बन्न सफल भएका थिए। सोहि वर्ष फुटबल खेलाडीले पाउने सबैभन्दा सम्मानित सम्मान बलुन डी’ओर तथा फिफा वर्ष खेलाडीको उपाधि जितेर उक्त सम्मानहरूमा लियोनेल मेसी तथा क्रिस्टियानो रोनाल्डो को एक दशकभन्दा लामो अविछिन्न दबदबा अन्त्य गर्न सफल भएका थिए।
सन् २०१८ को विश्वकप फुटबलमा मोड्रिच ले क्रोएसियाको राष्ट्रिय फुटबल टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनको टोली फाइनलमा फ्रान्ससँग पराजित भएपनि उनी विश्वकपको उक्त संस्करणको सर्वोत्कृष्ट खेलाडीको रूपमा छानिए र प्रतियोगिताको सुनौलो (गोल्डेन) बल प्राप्त गर्न सफल भए।
दिनामो जाग्रेब
रियल म्याड्रिड
क्रोएसिया
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.