From Wikipedia, the free encyclopedia
रत्न राज्य लक्ष्मी देवी शाह (जन्म १९८५ भदौ ०४ गते) २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन्। उनी राजा महेन्द्र वीर विक्रम शाह (१९२०–१९७२) को दोश्रो पत्नी थिइन्। काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।
रानी रत्न | |||||
---|---|---|---|---|---|
बडा महारानी | |||||
शासनकाल | २०११-२०२८ | ||||
राज्याभिषेक | वि.सं २०१३ बैशाख २० | ||||
पूर्वाधिकारी | कान्ति राज्य लक्ष्मी ईश्वरी राज्यलक्ष्मी देवी शाह | ||||
उत्तराधिकारी | ऐश्वर्य राज्य लक्ष्मी | ||||
जन्म | १९८५ भदौ ०४ हरि भवन | ||||
जीवनसाथी | महेन्द्र वीर विक्रम शाह | ||||
| |||||
घराना | राणा वंश (जन्मे सँगै) शाह वंश (बिवाहा सँगै ) | ||||
बाबु | हरि शमशेर जंगबहादुर राणा | ||||
आमा | मेघ कुमारी राज्य लक्ष्मी देवी | ||||
धर्म | हिन्दु |
रत्नको दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो तर १८ भदौ ००७ मा इन्द्रको[1]मृत्यु भयो। दुई वर्ष पछि, रत्नले महेन्द्रसँग विवाह गरे । [2] विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्।[3] महेन्द्रको पहिले नै इन्द्रबाट , तीन छोरा र तीन छोरी पैदा भएका थिए। महेन्द्रका बुबा राजा त्रिभुवन २०११ मा मृत्यु भएपछि युवराज महेन्द्र राजा र उनी रानी भए।
२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बङ्गला राजा महेन्द्रको मृत्यु भयो । उनका जेठा छोरा, युवराज बिरेन्द्र राजा भए [4] र रत्न मुमामहरानी भए। रत्न अर्थ "गहना" हुन्छ .[5]
२०५८ जेठ १९ को रात जब दरवार हत्याकाण्ड भयो - मुमा बडामहारानी देवरानी राजकुमारी हेलेन शाह सँग बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए। दुई महिलाले गोलीबारी सुने तर यसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, अधिराजकुमार पारस आए र युवराज दिपेन्द्रले राजा बिरेन्द्र सहित सबैलाई गोलि प्रहार गरेको कुरा बताए। [6]
संविधान सभा निर्वाचन २०६४ पछी नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । [7] राजपरिवारको सबै सदस्यहरु नारायणहिटी दरवार, छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो ।[8]
स्वस्तिश्रि ओजस्विराजन्य महा गौरवमय तेजस्वी त्रिभुवन प्रजातन्त्र श्रीपद मह उज्ज्वल किर्तिमय नेपाल श्रीषद श्री श्री श्री श्री श्रीमन्महारजधिराज पट्ट राज्ञी बडा महारानी रत्न राज्य लक्ष्मी शाह सदा सौभाग्यवती नाम् । [9]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.