राजेन्द्र प्रथम (तमिल: இராசேந்திர சோழன்; संस्कृत: राजेन्द्रदेव चोल) एक चोल सम्राट थिए जसले सन् १०१४ – १०४४ बीच शासन गरे। राजेन्द्रले ४३ वर्षको उमेरमा सन् १०१४ मा सिंहासनमा आरोहण गरेका थिए। उनको शासनकालमा चोल राजवंशले हिन्द महासागरभरि व्यापारमा प्रभुत्व जमाउँदै आफ्नो सबैभन्दा ठूलो हदसम्म विस्तार गरेका थिए।[2]

छरितो तथ्यहरू राजेन्द्र प्रथम இராசேந்திர சோழன், चोल सम्राट ...
राजेन्द्र प्रथम
இராசேந்திர சோழன்
परकेसरी, युद्धमल्ला, मुम्मुदी, गंगाई कोंडन, कदारम कोंडन, जयसिंह कुल कालन
Thumb
राजेन्द्र प्रथम
चोल सम्राट
शासनकालसन् १०१४ – १०४४[1]
पूर्वाधिकारीराजाराज प्रथम
उत्तराधिकारीराजाधिराज प्रथम
जन्ममधुरन्धगन
सन् ९७१
तञ्जावुर, चोला साम्राज्य (अहिले तमिलनाडु, भारत)
मृत्यु१०४४ (उमेर ७३)
ब्रह्मदेशम, चोला साम्राज्य
वंशचोल वंश
बाबुराजाराज प्रथम
आमावनवन महादेवी (उर्फ त्रिभुवन महादेवी)
धर्मशैव
बन्द गर्नुहोस्

राजेन्द्रको शासनकालमा चोल साम्राज्यभर व्यापार फस्टाएको थियो। चोलहरूले मलाक्का जलडमरू र अन्य धेरै तटीय क्षेत्रहरू नियन्त्रणमा लिएका थिए, जसले दक्षिणपूर्व एसियामा व्यापार गर्न सजिलो बनाएको थियो। चोलहरूको लागि व्यापार राजस्वको प्रमुख स्रोत थियो जसले उनीहरूलाई आफ्नो सेना र नौसैनिक बलहरू कायम राख्न मद्दत गरेको थियो। खमेर साम्राज्य राजेन्द्रको दक्षिणपूर्व एसिया अभियानको क्रममा प्रमुख सहयोगी र व्यापारिक साझेदार थिए। चोलहरूले चीनको सोङ वंशसँग व्यापार गरे, जसको परिणामस्वरूप चोल सेनामा चिनियाँ जहाजहरू समावेश भएको थियो। राजेन्द्रले अरब, उत्तर अफ्रिकाएनाटोलियासँग मसलाको व्यापार गरेका थिए जसकारण अरब र तुर्केली व्यापारीहरू चोल साम्राज्यमा अभिलेखित छन्। राजेन्द्रको उत्तराधिकारी उनका छोरा राजाधिराज प्रथमले सन् १०४४ – १०५४ सम्म शासन गरेका थिए।[3]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.