इन्टरनेट डाँक सेवा प्रदायक From Wikipedia, the free encyclopedia
याहु! मेल सन् १९९७ मा अमेरिकी कम्पनी याहुबाट सुरु गरिएको एक इमेल सेवा हो। याहूले चार विभिन्न इमेल योजनाहरू प्रदान गर्दछ जसमा, तीन व्यक्तिगत प्रयोगका लागि रहेका छन् जस्तै (आधारभूत, प्लस, र विज्ञापन रहित) र अर्को व्यवसायको लागि।[5][6] जनवरी २०२० सम्म याहु! मेलका २२ करोड ५० हजार प्रयोगकर्ता रहेका थिए।[7]
साइटको प्रकार | वेब मेल |
---|---|
उपलब्ध भाषा | बहुभाषिक (२७)[1] |
मालिक | भरिजोन मिडिया (भरिजोन सञ्चार) |
सर्जक | याहु! |
युआरएल | mail |
अलेक्सा क्रम | १३३,९१२ (अप्रिल २०२०)[2] |
व्यवसायिक | हो |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | २२ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू (फेब्रुअरी २०१७)[3] |
चालु भएको मिति | अक्टोबर ८, १९९७[4] |
वर्तमान स्थिति | चालू |
सामग्री इजाजतपत्र | स्वामित्व सफ्टवेयर |
प्रयोगकर्ताहरूले वेबमेल प्रयोग गरेर उनीहरूको मेल बाकसमा पहुँच गर्न र व्यवस्थित गर्न सक्दछन् जसलाई वेब ब्राउजर प्रयोग गरी गर्न सकिन्छ। केहि खाताहरूले मानक मेल सौजन्यविधिको उपयोगलाई पनि समर्थन गरेका छन्। सन् २०१५बाट यसको वेबमेल सेवाले गैर-याहु इमेल खाताहरू प्रबन्ध सेवा पनि समर्थन गर्दछ।[8]
धेरै वर्षसम्म, प्रयोगकर्ताहरूले या त @ याहु डटकम वा राष्ट्रिय डोमेन नाम जस्तै (फ्रान्समा @याहु डट एफआर, इतालीमा @याहु डटआइटी आदि) प्रयोग गरेर खाताहरू खोल्न सक्षम भएका थिए। हाल, याहु!ले मात्र @याहु डटकम खाताहरू दर्ता गर्न अनुमति दिन्छ। [9]
याहुको लागि मोबाइल अनुप्रयोग एन्ड्रोइडमा गुगल प्ले र आइओएसको लागि एप स्टोर मार्फत अभिभारण गर्न सकिन्छ। अनुप्रयोगको दुबै संस्करणले मोबाइल उपकरणको सञ्चालन प्रणालीमा आधारित रहेर एउटै कार्य क्षमताहरूको प्रदर्शन गर्दछन्। सूचना खोलेर सन्देश मार्फत जवाफ दिने, छुट्टै अभिलेख राख्ने, मेटाउने र सूचनाहरू ताराङ्कन गर्ने सेवाहरू पनि यसमा समावेश छ। यो धेरै भाषाहरूमा उपलब्ध छ। [10]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.