यान्देक्स श्रव्य दृश्य बहुराष्ट्रिय इण्टरनेट निगम यान्देक्सले सुरु गरेको एक श्रव्य दृश्य साझेदारी सेवा थियोे। यसमा खोजी, तेस्रो-पक्षीय श्रव्य दृश्य साझेदारी वेबसाइटहरू र समाचार वेबसाइटहरूमा प्रदर्शन गरिएको थियोे। यान्देक्स श्रव्य दृश्य २८ जुलाई २०१४ सम्म नि: शुल्क श्रव्य दृश्य साझेदारी सेवा थियो।

छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
यान्देक्स श्रव्य दृश्य
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषारूसी
मुख्यालयहरूमस्को, रूस
मालिकयान्देक्स
युआरएलyandex.ru/video
दर्ताचाहिँदैन
वर्तमान स्थितिखोज इञ्जिनको रूपमा काम गर्दछ
बन्द गर्नुहोस्

यस सेवाको प्रमुख पृष्ठमा रहेको उत्कृष्ट शीर्ष २० श्रव्य दृश्यहरूको सूचीले गत २४ घण्टा देखिका रूनेट दर्शकहरूलाई मनपर्ने खालको भिडियोहरू देखाउँछ। यस्ता श्रव्य दृश्यहरूको कलन विधि निर्धारण गर्नका लागि यसले श्रव्य दृश्य साझेदारी सेवामा अवलोकन र टिप्पणी, श्रव्य दृश्यमा प्रयोग भएका सन्दर्भहरूका साथसाथै गणीतिय स्थिर परिणामहरूको पनि उपयोग गर्दछ।

श्रव्य दृश्यको लागि खोजी

यस वेबसाइटमा श्रव्य दृश्यहरूको खोजी गर्दा, प्रयोगकर्ताहरूलाई तिनिहरूलाई चासो लाग्ने वा मन पर्ने खालको श्रव्य दृश्यहरूको सङ्गालोबाट छनौट गर्न सक्छन्। छनौटहरू, स्रोत र श्रव्य दृश्यको अवधिद्वारा कार्यान्वयन गरिएका थिए। प्रयोगकर्तालेहरूद्वारा बनाइएको भिडियोहरूको आफ्नो श्रव्य दृश्य सङ्ग्रह वा मनपर्ने खण्ड थप्न सक्छन्। श्रव्य दृश्य सङ्ग्रहहरू सबै प्रयोगकर्ताहरूमा पूर्वनिर्धारित रूपमा रहेका हुन्छन्।

पूर्वनिर्धारित रूपमा प्रयोगकर्ताहरूसँग साधारण छनौट नामक सुविधा रहेको हुन्छ जसको प्रयोगले प्रयोगकर्ताहरूले गरेका खोज नतिजाहरूमा बालबालिकाहरूका लागि अनुपयुक्त सामग्रीहरू हटाइएको हुन्छ। श्रव्य दृश्यहरू नियमित रूपमा प्रकाशन गर्ने स्रोत मालिकहरूले यान्देक्ससँग सम्झौता गरि, एक्सएमएल ढाँचामा नयाँ श्रव्य दृश्यहरूको बारे जानकारी लिन सक्छन् जसले तिनीहरूलाई खोज परिणामहरूमा छिटो देखाउन सक्षम पार्दछ। यान्देक्स श्रव्य दृश्यले यसको बन्द हुनु पूर्व एकीकृत ब्लग सेवाको सञ्चालन गर्दै आइरहेको थियो।

कसरी काम गर्दछ

यसमा श्रव्य दृश्य साझेदारीका गर्नुका साथसाथै उर्ध्वभरण भएका श्रव्य दृश्यहरू अन्य भिडियो साझेदारी सेवा जस्तै युट्युब, भिडियो@मेल डटरू, रूट्युब, गुगल श्रव्य दृश्य आदीमा पनि भण्डारण गर्न मिल्ने सुविधा रहेको थियो। एडोब फ्ल्यासमा एपलेटको प्रयोग गरी सिधै वेबक्याम मार्फत भिडियो रेकर्ड गर्न सकिन्थ्यो। एचटिएमएल ढाँचाको प्रयोग मार्फत भिडियो डाउनलोड र डाउनलोड हुँदै गरेको श्रव्य दृश्यको प्रगति हेर्न मिल्ने गजबको सुविधा यसमा रहेको थियो। प्रयोगकर्ताहरूले उर्ध्वभरण गरेका श्रव्य दृश्यहरू "मेरा श्रव्य दृश्य" खण्डमा देखा पर्छन्।

श्रव्य दृश्यहरूलाई वर्णन गर्नको लागि "शीर्षक" र "विवरण" प्रयोग गरिन्छ, र श्रेणीहरूलाई लेखक वा अन्य यान्देक्स प्रयोगकर्ताहरूद्वारा श्रव्य दृश्यहरूमा प्रदर्शन गर्न सकिन्छ।

पहुँच व्यवस्थापनले तपाईलाई निम्न उल्लेखित स्तरहरूमा एक श्रव्य दृश्य वा सम्पूर्ण सङ्ग्रहको अवलोकन सीमित गर्न अनुमति दिन्छ जसमा "सबैलाई देखाउनुहोस्," "केवल साथीहरूलाई" (ब्लग-सेवा वाईए डटरूबाट) वा "केवल मालिकलाई मात्र समावेश छन्।

एउटै श्रव्य दृश्यहरू एक भन्दा बढी सङ्ग्रहमा सङ्ग्रहित हुन सक्छन्। स्वचालित रूपमा एक निश्चित सङ्ग्रहबाट सबै श्रव्य दृश्यहरू हेर्न सकिन्छ।

पूर्वनिर्धारित रूपमा, प्रयोगकर्ताहरूसँग "मनपर्ने श्रव्य दृश्य" को सङ्ग्रह हुन्छ जसमा प्रयोगकर्ताहरूले छिटो सूत्र प्रयोग गरेर श्रव्य दृश्यहरू राख्न सक्नेछन् जसमा हरेक भिडियोको नजिकमा हृदयको प्रतिमा प्रदर्शित हुने गर्दछ। उक्त सङ्ग्रहमा प्रयोगकर्ताद्वारा उर्ध्वभरण गरिएको श्रव्य दृश्यहरू मात्र हुँदैनन्। यसमा तेस्रो-पक्षीय श्रव्य दृश्य साझेदारी सहित उर्ध्वभरण गरिएको हुन सक्छ जसले अन्य प्रयोगकर्ताहरूको श्रव्य दृश्य समावेश गर्न सक्दछ।

वेबसाइटमा ठूलो परिवर्तन

यस लोकप्रिय श्रव्य दृश्य साझेदारी सेवा यान्देक्स श्रव्य दृश्य २८ जुलाई २०१४ मा बन्द गरिएको थियो।[1]

सेवा बन्द भएता पनि यसको खोजी भाग भने यथावत्नै रहेको थियो र यसले आफ्नो काम पूर्णरूपमा सञ्चालन र विकासको क्रममा थियो। तपाई यस सेवाको प्रयोग गरी श्रव्य दृश्यहरू डाउनलोड गर्न खोजेमा यान्देक्स डिक्समा डाउनलोड हुन्छ। तथापि, प्रयोगकर्तासँग सीमित दृश्य विकल्प रहेको हुन्छ।

श्रव्य दृश्य डाउनलोड सुविधाको बन्द पश्चात्, याण्डेक्स आफ्नो ब्लगमा श्रव्य दृश्य डाउनलोड सोवा पनि बन्द भएको जानकारी दिएको थियो। हाल, यस वेबसाइटमा श्रव्य दृश्यहरूको खोजी मात्र हुन्छ। यसअघि डाउनलोड भएका श्रव्य दृश्यहरू यान्देक्स डिक्सको यान्देक्स श्रव्य दृश्य नामक खण्डमा सारिएको थियो जहाँ प्रयोगकर्ताले श्रव्य दृश्य डाउनलोड गर्न, मेटाउनु र सार्न सक्छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.