मोल्दोभा
युरोपको देश / From Wikipedia, the free encyclopedia
मोल्दोभा (आधाकारिक नाम: रिपब्लिका मोल्डोभा) पूर्वी युरोपमा पर्ने देश हो। यसलाई रोमानियाले पश्चिममा, युक्रेनले दक्षिण, उत्तर र पूर्वमा घरेरको छ।[1] यसको राजधानी चिस्न्यु हो।
मोल्दोभान क्षेत्रको अधिकांश भाग १४औँ शताब्दी देखि १८१२ सम्ममा मोल्डाभियाको प्रधानाधिकारको हिस्सा थियो; पछि यसलाई ओटोम्यान साम्राज्यले रूसी साम्राज्यमा हस्तान्तरण गरी बेसेराबिया भनेर चिनिन थालियो। सन् १८५६ मा दक्षिणी बेसाराबिया मोल्दाभियामा फर्काइयो, जुन वालिसचियासँग गाभी रोमानिया बन्न पुग्यो तर पछि सम्पूर्ण भाग रसियामा सन् १०७८मा नै स्थापित हुन पुग्यो। सन् १९१७ रूसी क्रान्तिमा बेसारबिया छोटो समयसम्म रूसीभित्र एक स्वायत्त राज्य बन्न पुग्यो। फेब्रुअरी १९१८। मा मोल्डाभिया डेमोक्र्याटिक रिपब्लिकले स्वतन्त्रता घोषणा गर्यो, लगत्तै त्यस वर्षको सम्मेलनको मतदानपछि रोमानियासँग एकीकृत भयो। उक्त निर्णयलाई सोभियत रसियाले सन् १९२४ मा विबाद ठहाराएर पुर्बको केही भाग लिएर युक्रनियन एससएआरको निर्माण गर्यो।
सन् १९४० मा मोलोटोभ - रिबेन्ट्रप समझौताको परिणामस्वरूप रोमानिया, बेसेराबिया र उत्तरी बुकोविनालाई सोभियत संघको अधीनमा राख्न बाध्य भयो। यसबाट मोल्डाभियाई सोभियत समाजवादी गणतन्त्र (मोल्डाभियन एसएसआर) को निर्माण हुन पुग्यो[2]; जसमा बेसेराबियाको ठूलो हिस्सा थियो। सन् १९९१, २७ अगस्टमा सोभियरत युनियनको विलय भएसँगैँ मोल्डोभियनले एसएसआरले स्वतन्त्रता घोषणा गर्यो र मोल्दोभाको नाम लियो। मोल्दोभाको संविधान सन् १९९४ मा अपनाईएको थियो। नीनेस्टरको पूर्वी किनारमा मोल्दोभान क्षेत्र पट्टी सन् १९९० देखि ट्रान्स्निस्ट्रियाको अधिनमा रहेको छ।
सोभियत संघको विघटनपछि औद्योगिक र कृषि उत्पादनमा कमी आएको कारण सेवा क्षेत्रले नै मोल्दोभाको अर्थ व्यवस्थामाथि प्रभुत्व जमाएको छ। देशको जिडिपीको ६०% भाग सेवा क्षेत्रले नै ओगटेको छ। यस देशलाई युरोपको गरीब मुलुकहरु मध्यरमा लिइन्छ। युरोप महादेशमा सब भन्दा कम मानव विकास सूचकांक यस देशकै रहेको छ।
मोल्दोभा संसदीय गणतन्त्र रहेको छ। यसमा राष्ट्रपति, राष्ट्र प्रमुख र प्रधानमन्त्री, सरकारको प्रमुख हुन्छन्। माल्दोभा संयुक्त राष्ट्र संघ, यूरोप काउन्सिल, विश्व व्यापार संगठन (डब्ल्यूटीओ), सुरक्षा र सहयोग युरोप मा संगठन (ओएससीई), GUAM संगठन प्रजातन्त्र र आर्थिक विकास, स्वतन्त्र राज्यहरुको राष्ट्रमंडल को सदस्य देश हो।