![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a8/Black_and_white_photo_of_emperor_Meiji_of_Japan.jpg/640px-Black_and_white_photo_of_emperor_Meiji_of_Japan.jpg&w=640&q=50)
मेइजी पुनर्स्थापना
From Wikipedia, the free encyclopedia
मेइजी पुनर्स्थापना (जापानी: 明治維新, मेइजी इसिङ) १९औँ शताब्दीमा जापानमा भएको एक घटनाक्रम थियो। यसबाट सन् १८६८ मा सम्राटको शासनको पुनर्स्थापना भएको थियो। यसबाट जापानको राजनीतिक र सामाजिक परिवेशमा धेरै महत्त्वपूर्ण परिवर्तन भएसँगै जापान द्रुत आर्थिक, औद्योगिक र सैन्य विकासतर्फ अघि बढेेेेको थियो। [1] यो क्रान्तिले जापानको एदो युगको अन्त्य गरी मेइजी युगको प्रारम्भ गरेको थियो। यस पुनर्स्थापना अगाडि, जापानका सम्राट नाममा मात्र शासक थिए र वास्तवमा सोगुन (将軍) उपाधिका एक सैनिक तानाशाहको राज थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a8/Black_and_white_photo_of_emperor_Meiji_of_Japan.jpg/640px-Black_and_white_photo_of_emperor_Meiji_of_Japan.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7d/IT%C5%8C_Hirobumi.jpg/640px-IT%C5%8C_Hirobumi.jpg)