![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/32/Muktinath_Temple.jpg/640px-Muktinath_Temple.jpg&w=640&q=50)
मुक्तिनाथ
From Wikipedia, the free encyclopedia
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।
मुक्तिनाथ | |
---|---|
![]() मुक्तिनाथ मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | मुक्तिनाथ, जोमसोम |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | मुस्ताङ |
देश | नेपाल |
वेबसाइट | muktinath |
वास्तुकला प्रकार | द्रबिडीयन शैली |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/01/View_of_Muktinath_Temple.jpg/640px-View_of_Muktinath_Temple.jpg)