From Wikipedia, the free encyclopedia
मिगेल दिआस कानेल (अमेरिकी स्पेनी: [miˈɣel ˈdi.as kaˈnel]; जन्म २० अप्रिल १९६०) हालका क्युवाका राष्ट्रपति हुन्। यस भन्दा अघि उनी सन् २०१३ देखि सन् २०१८ सम्म क्युवाका उपराष्ट्रपति भइ कार्य गरेका थिए। उनी सन् २००३ देखि क्युवा कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य, सन् २००९ देखि सन् २०१२ सम्म उच्च शिक्षा मन्त्री र सन् २०१२ मा उप प्रधानमन्त्रीमा बढुवा भएका थिए। एक वर्षपछि सन् २०१३ फेब्रुअरी २४ मा उनी देशका उप-राष्ट्रपति बनेका थिए।[1]
उनी राउल क्यास्ट्रोको उत्तराधिकारीको रूपमा सन् २०१८ अप्रिल १८ मा राज्य परिषद्का अध्यक्ष र प्रधानमन्त्रीको उमेदवारमा चयन भएका थिए र अर्को दिनको राष्ट्रव्यापी मतदानपछि सपथ ग्रहण गरेका थिए।
इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका दिआस कानेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति सुरु गरेका हुन्। सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा दिआस कानेल खासै चर्चित व्यक्तित्व थिएनन् तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भएका थिए।[2]
क्युवाको मुख्य उपराष्ट्रपतिको रुपमा राष्ट्रपति राउल क्यास्ट्रोको कार्यकालमा कनेलले क्यास्ट्रोको सहायक भएर काम गरे। २०१८ मा, ८६- वर्षीय क्यास्ट्रोले अवकाश लिएपनि उनले क्रुवा कम्युनिष्ट पार्टीको महासचिव र क्युवा सेनाको कामान्डर इनचिफ पदमा बसिरहेका थिए।[3][4] २०१८ अप्रिल १८ मा, राष्ट्रपति क्यास्ट्रोको उत्तराधिकारीको लागि उनी नै एक मात्र उम्मेदवार छनोट भए। [5] उनलाई अप्रिल १९ म राष्ट्रिय सभाले मतदान द्वारा समर्थन गर्यो।[5] र सोही दिन नै उनको सपथ ग्रहण भयो। [6] राष्ट्रपति बन्नु अगाडि उनी सर्वसाधारण माझ कमै मात्र परिचित एक पार्टी टेक्नोक्रेट थिए। उनले देशको सामाजिक संरचनालाई संरक्षण गर्दै आफ्ना पूर्ववर्तीहरूको कम्युनिष्ट आर्थिक नीतिलाई सावधानीपूर्वक सुधार गर्ने अपेक्षा विश्लेषण गरिएको छ। [4] उनी १९५९ को क्युवाली क्रान्ति पछि जन्मेका र १९७६ यता गैर-क्यास्ट्रो परिवारबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुन्।[7]
राजनीतिक कार्यालयहरू | ||
---|---|---|
पुर्वाधिकारी राउल क्यास्ट्रो |
क्युबाको राष्ट्रपति २०१८ -हाल सम्म |
उत्तराधिकारी
- |
क्युबाको प्रधानमन्त्री २०१८ -हाल सम्म | ||
पुर्वाधिकारी जोसे रामोन मचोद भेन्टुरा |
क्युबाको उप राष्ट्रपति २०१३-२०१८ |
उत्तराधिकारी साल्वाडोर वाल्डेस मेसा |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.