![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/43/Ex%25C3%25A9cution_de_Marie_Antoinette_le_16_octobre_1793.jpg/640px-Ex%25C3%25A9cution_de_Marie_Antoinette_le_16_octobre_1793.jpg&w=640&q=50)
मारी अँतवानेत
फ्रान्सको अन्तिम महारानी / From Wikipedia, the free encyclopedia
मारी अँतवानेत (फ्रान्सेली: Marie Antoinette (/ˌæntwəˈnɛt, ˌɒ̃t-/, फ्रान्सेली: [maʁi ɑ̃twanɛt] ( सुन्नुहोस्); जन्म मारी अँतवानेत जोजेफ जान्न; २ नोभेम्बर १७५५-१६ अक्टोबर १७९३) फ्रान्सेली राज्यक्रान्तिभन्दा अघि फ्रान्सको अन्तिम महारानी थिइन्।[1] उनी अस्ट्रिया साम्राज्ञी र सम्राट फ्रँसिस प्रथमकी कान्छी छोरी थिइन्। १४ वर्षको उमेरमा मे १७७० मा उनको विवाह लुई सोह्रौँ सँग भएको थियो। १० मे १७७४ मा उनका श्रीमानले राजगद्दी सम्हालेसँगै सन् १७९१ सम्म उनी फ्रान्स र नभरीको महारानी भएकी थिइन्। फ्रान्सेली क्रान्ति अघि बढ्दैजाँदा २१ सेप्टेम्बर १७९२ सम्म उनी फ्रान्सको महारानी भएकी थिइन्।
सन् १७९२ सेप्टेम्बर २१ मा राजतन्त्र अन्त्यको घोषणा गरिएपछि लुई सोह्रौँलाई २१ जनवरी १७९३ का दिन मृत्युदण्ड दिइएको थियो। मारी अँतवानेतको सुनुवाई १४ अक्टोबर १९७३ मा सुरु हुँदा क्रान्तिकारी अदालतले उनलाई ठूलो देशद्रोहको मुद्दामा आरोपित फैसला गर्दै उनलाई गियोतिनद्वारा मृत्युदण्ड दिइएको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/43/Ex%C3%A9cution_de_Marie_Antoinette_le_16_octobre_1793.jpg/640px-Ex%C3%A9cution_de_Marie_Antoinette_le_16_octobre_1793.jpg)