From Wikipedia, the free encyclopedia
मायावती (जन्मः १५ जनवरी, १९५६, मायावती नैना कुमारी) एक भारतीय राजनीतिज्ञ हुन, र उत्तर प्रदेशको वर्तमान मुख्यमन्त्री हुन। उनी बहुजन समाज पार्टी (बसपा) की नेता हुन। २००७ को विधानसभा निर्वाचनमा यिनको पार्टीले राज्यमा पूर्ण बहुमत प्राप्त गरेकी छन र त्यसपछी उनले मुख्यमन्त्रीको कार्यभार ग्रहण गरेकि हुन। मायावती यसभन्दा पहिले पनि तीन पटक छोटो कार्यकालको लागि उत्तर प्रदेशको मुख्यमन्त्री भै सकेकी हुन, १९९५ र १९९७ मा, र भारतीय जनता पार्टीको समर्थनबाट २००२ देखि २००३ सम्म। मायावती पहिली दलित महिला हुन जुन भारतको कुनै राज्यको मुख्यमन्त्री बनेकि छन्।[1].
मायावती | |
---|---|
१७औ मुख्यमन्त्री (उत्तर प्रदेश) | |
कार्यकाल १३ मे २००७ – ७ मार्च २०१२ | |
पूर्वाधिकारी | मुलायम सिंह यादव |
उतराधिकारी | अखिलेश यादव |
कार्यकाल ३ मई २००२ – २९ अगस्ट २००३ | |
पूर्वाधिकारी | राष्ट्रपति शासन |
उतराधिकारी | मुलायम सिंह यादव |
कार्यकाल २१ मार्च १९९७ – २१ सितंबर १९९७ | |
पूर्वाधिकारी | राष्ट्रपति शासन |
उतराधिकारी | कल्याण सिंह |
कार्यकाल ३ जून १९९५ – १८ अक्टूबर १९९५ | |
पूर्वाधिकारी | मुलायम सिंह यादव |
उतराधिकारी | राष्ट्रपति शासन |
व्यक्तिगत विवरण | |
जन्म | नयाँ दिल्ली | १५ जनवरी १९५६
राजनीतिक दल | बहुजन समाज पार्टी |
नाता | ६ भाइ र २ बहिनी |
निवास | लखनऊ |
पेशा | राजनीतिज्ञ |
वैवाहिक स्थिति | अविवाहित |
वर्ष २००७-०८को लागि ₹२६ करोडको साथ मायावती सबभन्दा ज्यादा आयकर दिने भारतीय राजनेता भएकी छन्।[2]
मायावतीको जन्म १५ जनवरी १९५६ मा नयाँ दिल्लीमा एक सरकारी कर्मचारी प्रभु दयात एवं उनको श्रीमती रामरतीकोमा भयो। उनको पिता प्रभु दास पछि भारतीय डाक-तार विभागबाट वरिष्ठ टाइपिष्टको रूपमा सेवा निवृत्त भए। उनकि आमा यद्धपि अनपढ थिईन तर उनले आफ्नो सबै बच्चाको शिक्षामा रुचि लिईन र सबैलाई योग्य पनि बनाईन। उनका ६ भाइ एवं २ बहिनीहरू छन्। यिनको पैतृक गाउ बादलपुर हो जुन कि उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लामा स्थित छ। उनले दिल्लीको कालिंदी कलेजबाट कानुन बिषयमा स्नातक तहको उपाधि प्राप्त गरेकि छन्। उनको साथ शिक्षा स्नातकको उपाधि पनि छ र उनले दिल्लीमा एक शिक्षकको रूपमा पनि कार्य गरिन। एक समय उनले भारतीय प्रशासनिक सेवा परीक्षाको लागि पनि अध्ययन गरेकी थिईन, तर १९७७ मा कांशी रामसँग भेट भए पछि उनले एक पूर्ण कालिक राजनीतिज्ञ बन्ने निर्णय लिइन।[स्रोत नखुलेको] कांशीरामको संरक्षण अन्तर्गत उनी उनलाई कोर टीमको हिस्सा रह्यो, जब सन् १९८४ मा उनले बसपाको स्थापना गरेका थिए।;
मायावतीले आफ्नो पहिलो निर्वाचन उत्तर प्रदेशमा मुजफ्फरनगरको कैराना लोकसभा सीटबाट लडेकी थिइन। उनी अविवाहित हुन र आफ्नो समर्थकहरूको बिचमा 'बहनजी'को नामबाट जानिन्छिन। मुख्यमन्त्रीको रूपमा चौथो पटक लखनऊको राजभवनमा १३ मे २००७ मा उनले शपथ ग्रहण गरिन।
मायावतीको माथि धेरै पुस्तकहरू लेखीसकीएको छ। इनमा पहिलो नाम "आइरन लेडी कुमारी मायावती" भनिएको छ जुन पत्रकार मोहमद जमील अख्तरले लेखे। [3] उनी द्वारा स्वयं हिंदीमा "मेरे संघर्षमयी जीवन और बहुजन मूवमेंटको सफरनामा" तीन भागमा र "A Travelogue of My struggle-ridden life and of Bahujan Samaj" अङ्ग्रेजीमा दुई भागमा लेखीएको छ जुन एकदम चर्चित रहेको छ। [4] वरिष्ठ पत्रकार अजोय बोसद्वारा लेखीएको "बहनजी: अ पोलिटिकल बायोग्राफी अफ मायावती" अहिले सम्मको सर्वाधिक प्रशंसनीय जीवन कथा हो। [5] अब लखनऊको पत्रकार डा. नूतन ठाकुरले मायावतीको सामजिक, सांस्कृतिक र राजनीतिक महत्त्वको स्पष्ट गर्दै एक पुस्तक लेख्ने कार्य प्रारम्भ गरेकि छन.[6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.