होमो सेपिन्सको बोलीचालीको नाम, होमो परिवारको एक विशेष प्रजाति From Wikipedia, the free encyclopedia
मानिस ( वर्गिकरणको सिद्धान्त अनुसार होमो स्पाइन्स(Homo sapiens) ल्याटिन: "बुद्धिमान प्राणी" वा "चेतनशिल प्राणी"),[3][4] मनुष्य वर्गमा पर्ने एक मात्र प्रजाति हो । यो स्तनधारी समूहमा पर्ने दोपाया प्राणी हो । मानिसको उच्च विकसित मस्तिष्क हुन्छ जुन आमूर्त तर्क, भाषा, अन्तरावलोकन, र समस्या समाधानमा सक्षम हुन्छ ।
यस पृष्ठमा अङ्ग्रेजी भाषाको सामग्री प्रयोग गरिएको हुन सक्छ जसलाई नेपालीमा उल्था गर्नु पर्ने छ।
छरितो तथ्यहरू संरक्षण स्थिति, वैज्ञानिक वर्गीकरण ...
[[चित्|thumb|right|upright|प्रागैतिहासिक मानव अस्ट्रालोपिथेकसको काल्पनिक चित्र, यो मानवजातीको पूर्खाले पहिलो पटक २ खुट्टामा हिँडेको थियो। तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन]]
मानव विकासको वैज्ञानिक अध्ययनको सम्बन्ध मुख्य रूपमा होमो वर्गको विकाससँग गाँसिएको हुन्छ, भने अन्य होमिनिड र होमोनिन्स प्रजातिको अध्ययन अस्ट्रालोपिथेकससँग सम्बन्धित हुन्छ । आधुनिक मानिस लाई होमो स्पाइन्स वर्गको रूपमा चिनिन्छ, जसको वर्तमान एक मात्र उपवर्ग होमो स्पाइन्स स्पाइन्सको नामले चिनिन्छ । यसको अर्को परिचित उपवर्ग होमो स्पाइन्स आइडल्टु अहिले विलुप्त भैइसकेको छ ।[5] कहिले काहिँ लगभग ३०,००० वर्ष पहिला तिर विलुप्त भैसकेको "होमो नेन्दर्थालेन्सिस"'लाई पनि यसको उपवर्गको रूपमा लिईएको पाईन्छ, तर होमो नेन्दर्थालेन्सिसको आनुवांशिक अध्यनले आधुनिक मानिस र नेन्दर्थालेन्सिसको डिएनए ५०,००० वर्ष पहिला नै छुट्टिई सकेको बताउँछ ।[6] हालको केही वंशाणुगत अध्ययनले आधुनिक मानिस कम से कम प्राचिन मानवका दुई प्रजातिहरू: नेन्दर्थालेन्सिस र डेनिसोभान्ससँग मिल्दोजुल्दो रहेको बताउँछ । [7] यसको अलावा केही होमो रोडेसिएन्सिस प्रजातिको नमूनाहरूको खोजले यसलाई पनि उपप्रजातिको रूपमा ब्याख्या गरेको छ तर यस बर्गिकरणलाई ब्यापक रूपमा स्वीकार गरिएको छैन ।
प्यालियोलिथिक
थप जानकारी: Recent African Origin, Archaic Homo sapiens, Upper Paleolithic, र Early human migrations
प्रारम्भिक मानव बस्तीहरू पानीको निकटता र जीवन शैली तथा जीवन निर्वाहको लागि प्रयोग हुने अन्य प्राकृतीक श्रोतहरू: शिकारको लागि शिकार योग्य जनावर, उब्जाउको लागि खेतीयोग्य तथा घरपालुवा जनावरको लगि चरणयोग्य जमीन आदिको उपलब्धतामा निर्भर हुने गर्दथे । तर मानिसहरू प्राविधिक संसाधन, सिँचाईको माध्यम, शहरी योजना, निर्माण, यातायात, निर्माण सामग्रीहरू, वन फडाँनी र मरुस्थलीकरणको माध्यमबाट वासस्थान परिवर्तन गर्ने क्षमता राख्दछन ।
Global Mammal Assessment Team (2008). Homo sapiens. In: IUCN 2009. IUCN Red List of Threatened Species. Version 2009.2. <www.iucnredlist.org>. Downloaded on 03 March 2010.
Human evolution: the fossil evidence in 3D, by Philip L. Walker and Edward H. Hagen, Dept. of Anthropology, University of California, Santa Barbara. Retrieved April 5, 2005.
Green, Richard E.; Krause, Johannes; Ptak, Susan E.; Briggs, Adrian W.; Ronan, Michael T.; Simons, Jan F.; Du, Lei; Egholm, Michael; Rothberg, Jonathan M.; Paunovic, Maja; Pääbo, Svante (२००६), "Analysis of one million base pairs of Neanderthal DNA", Nature: 16, 330–336, डिओआई:10.1038/nature05336।