मानव निर्मित विश्वको सबैभन्दा ठुलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ वर्ल्डमा आफनो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोड्दै राष्ट्रको नाम उँचो गराउन काठमाडौँ टुँडीखेलमा २०७१ साल भदौ ७ गते यस अभियानलाई सञ्चालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।[1] उनीहरूले एकैसाथ राष्ट्रिय झण्डामा प्रयोग हुने रंगले पोतिएका प्लेकार्ड आफ्नो शिर माथी राखेर मानव निर्मित झण्डा बनाए । जब सहभागीले प्लेकार्ड आफ्नो शिर माथी राखे, त्यति बेला केही परबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकृति प्रष्टसंग देख्न सकिन्थ्यो । दृश्य निकै सुन्दर र अद्भूत थियो । यो कीर्तिमान राख्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रबाट सहभागीहरु टुँडीखेल पुगेका थिए । नेपालको झण्डालाई बिश्वभर चिनाउने अभियानमा सहभागी सर्वसाधारण निकै उत्साही थिए । संसारकै ठूलो मानव निर्मित झण्डा बनाएपनि यसको आधिकारिक पुष्टिका लागि भने केही समय कुर्नुपर्ने छ । मानव निर्मित झण्डाको पुष्टिका लागि गिनिज बुक अफ द वल्र्ड रेकर्डसको टिमले यो झण्डाको भिडियो हेरेरै मात्र तय गर्नेछ । जसको लागि लगभग ८ हप्ताको समय लाग्नेछ ।[2]

छरितो तथ्यहरू मिति, स्थान ...
मानव निर्मित नेपालको झन्डा
को भाग
मितिसन् २०१४ अगस्त २३
स्थानटुँडीखेल, काठमाडौँ
संचालकशान्ति र समृद्धिका लागि मानव मूल्य
सहभागी३५,९०७
बन्द गर्नुहोस्

नेपालको झण्डा मात्रै विश्वको यस्तो एकमात्र झण्डा हो जसको आकार त्रिकोण छ ।

चित्र दीर्घा

Thumb
प्यानोरेमिक नेपालको मानव निर्मित झण्डा

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.