माचू पिचू
From Wikipedia, the free encyclopedia
माचू पिचू १५औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्त्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस्कोबाट करिब ८० किलोमीटर (५० मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृङ्खलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।[1]
माचू पिचू | |
---|---|
Machu Pikchu | |
स्थान | कस्को क्षेत्र, पेरू |
निर्देशाङ्क | १३°०९′४८″द॰ ७२°३२′४४″प॰ |
उचाईं | २,४३० मिटर (७,९७० फिट) |
इतिहास | |
स्थापना | अं. १४५० |
ध्वस्त | १५७२ |
संस्कृति | इन्का सभ्यता |
आधिकारिक नाम | माचू पिचूको ऐतिहासिक परिदृश्य |
किसिम | मिस्रित |
मापदण्ड | i, iii, vii, ix |
नामाङ्कित | १९८३ (७म संस्करण) |
सन्दर्भ क्रम सङ्ख्या | २७४ |
देश/ राज्य | पेरू |
क्षेत्र | ल्याटिन अमेरिका र क्यारिबियाली |
इन्का समुदायले सन् १४००को आसपासमा यसको निर्माण शुरू गरे, तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्य विस्तारको समयमा तत्कालिन शासकहरूको लागि आधिकारिक क्षेत्रको रूपमा छोडी दिए । हुनत स्थानीय स्तरमा यो क्षेत्र निकै प्रशिद्ध छ, तर सन् १९११मा अमेरिकी इतिहासकार हीराम बिंह्याम द्वारा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपूर्व बाहिरी सन्सारको लागि माचू पिचू अज्ञात थियो । त्यही समय देखि, माचू पिचू एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्यो, स्पेनिशहरूले इन्का साम्राज्यमाथि विजय प्राप्त गरी लुटपाट मच्चाएको यो स्थान एक सांस्कृतिक स्थलको रूपमा समेत महत्त्वपूर्ण छ ।
साम्राज्यवादीहरूको लुटपाटको साक्षी बनेको माचू पिचू सन् १९८१मा पेरूको ऐतिहासिक संरक्षित क्षेत्र र सन् १९८३मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत स्थल घोषित भएको थियो । त्यस्तै सन् २००७ मा, माचू पिचू विश्वभर गरिएको इन्टरनेट सर्वेक्षणमा आधुनिक विश्वका सात आश्चर्यहरू मध्ये एकको रूपमा चुनिएको थियो ।