From Wikipedia, the free encyclopedia
माइकल फ्रेड फेल्प्स[5] (जन्म १९८५ जुन ३०)[6] संयुक्त राज्य अमेरिकाको एक पूर्व प्रतिस्पर्धात्मक पौडी खेलाडी र जम्मा २८ ओलम्पिक पदक जितेर ग्रीष्मकालीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल र सुसज्जित ओलम्पिक खेलाडी हुन्।[7] फेल्प्सले आफ्नो करियर अवधिमा जम्मा २३ ओलम्पिक स्वर्ण पदक[8] जसमध्ये व्यक्तिगत प्रतिस्पर्धामा १३ ओलम्पिक स्वर्ण पदक र व्यक्तिगत प्रतिस्पर्धामा १६ ओलम्पिक पदक जितेर कीर्तिमान बनाएका हुन्।[9] सन् २००८को बेइजिङ ओलम्पिक खेलमा उनले पौडी विधामा आठ स्वर्ण पदक जितेर आफनै देशको पौडी खेलाडी मार्क स्पित्जद्वारा १९७२ ग्रीष्मकालीन ओलम्पिकमा बनाएको ७ स्वर्ण पदकको कीर्तिमानलाई तोडेका थिए। एउटै ओलम्पिक खेलमा सबैभन्दा बढी पदक जित्ने कीर्तिमान फेल्प्सकै नाउँमा रहेको छ। एथेन्समा सम्पन्न भएको सन् २००४ को ओलम्पिक खेलमा फेल्प्सले ६ स्वर्ण पदक र २ कास्य पदक जितेर कुनै पनि पनि रङ्गको आठ पदक जित्ने कीर्तिमान बनाएका थिए।
व्यक्तिगत जानकारी | |
---|---|
पुरा नाम | माइकल फ्रेड फ्लेप्स II[1] |
Nickname(s) | एमपी; द बाल्टिमोर बुलेट;[2] उड्ने माछा[3] |
राष्ट्रियता | संयुक्त राज्य अमेरिका |
जन्म | सन् १९८५ जुन ३० टवसन,मेरिल्याण्ड |
उचाइ | ६ फिट ४ इन्च (१९३ सेमी) |
तौल | १९४ पाउन्ड (८८ किग्रा)[4] |
खेल | |
खेल | पौडी |
स्ट्रोक(हरू) | ब्याकस्ट्रोक, बटरफ्लाई, फ्रीस्टाइल, व्यक्तिगत मिड्ले |
क्लब | उत्तर बाल्टिमोर एक्वाटिक क्लब |
प्रशिक्षक | बब वावम्यान |
पदक कीर्तिमान |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.