मरिचमान सिंह श्रेष्ठ
नेपाली राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
मरिचमान सिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा उनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि उनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बनेका उनी गेहेन्द्र बहादुर राजभण्डारी पछि दोस्रो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमान सिंह मात्र लेख्दै आएका उनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमान सिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।
छरितो तथ्यहरू मरिचमान सिंह श्रेष्ठ, २८ औँ प्रधानमन्त्री (नेपाल) ...
मरिचमान सिंह श्रेष्ठ | |
---|---|
![]() | |
२८ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०४३ जेठ – २०४६ चैत्र २४ गते | |
एकाधिपति | राजा बीरेन्द्र |
पूर्वाधिकारी | नगेन्द्रप्रसाद रिजाल |
उतराधिकारी | लोकेन्द्रबहादुर चन्द |
व्यक्तिगत विवरण | |
जन्म | १९९७ कार्तिक १७ सल्यान खलङ्गा, नेपाल |
मृत्यु | २०७० साउन २९ गते नर्भिक अस्पताल, काठमाडौँ |
नागरिकता | नेपाली |
राजनीतिक दल | निर्दलीय |
जीवन साथी | विष्णुदेवी |
सन्तान(हरू) | अनिल प्रधान, सञ्जय, रश्मी र रञ्जन [1] |
पेशा | राजनीतिज्ञ |
बन्द गर्नुहोस्