From Wikipedia, the free encyclopedia
भ्यालेन्तिना तेरेस्कोभा (रूसी: Валенти́на Влади́мировна Терешко́ва; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६को पाइलटका रूपमा १९६३ जून १६ मा अन्तरिक्ष यात्रा गरेकी हुन्।[1] उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन । अन्तरिक्ष यात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।
भ्यालेन्तिना तेरेस्कोभा | |
---|---|
जन्म | १९३७ बोस्लोए म्याज्लीनीकोभो,टुटेभ्स्काई जिल्ला,सोभिएत सङ्घ |
राष्ट्रियता | सोभिएत सङ्घ रुस |
अन्य नाम | भ्यालेन्तिना भ्लादिमिरोभना तेरेस्कोभा |
पेशा | पाइलट |
पुरस्कार |
तेरेस्कोभाको जन्म सोभियत सङ्घको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।[2] उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।[3] १९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाई अन्तरिक्ष यात्रामा सफलता दियो ।१९६१ मा उनी युवा कम्युनिस्ट लिग (कम्सोमोल) को सचिव भइन र पछि गएर सोभिएत कम्युनिस्ट पार्टिको सदस्य भइन ।
भ्यालेन्तिना तेरेस्कोभाले आफ्नो उडान पछि रसियाको झुकोभ्स्की वायु सेना एकाडेमीमा भर्ना भइन । उनले त्यहाबाट विशिष्ट श्रेणीमा उत्तिर्ण भई कस्मोनट इन्जीनियर भइन ।सन १९७७ मा उनले इन्जीनियरको डक्ट्रेट उपाधि प्राप्त गरिन ।
2011 मा, उनी यारोस्लाभ क्षेत्रीय सूचीमा संयुक्त रूस पार्टीबाट रूसको राज्य ड्यूमामा निर्वाचित भएकी थिइन्। तेरेस्कोभा, एलेना मिजुलिना, इरिना यारोवाया र एन्ड्री स्कोच [4][5] सँगसँगै, ईसाई मूल्यमान्यताको संरक्षणको लागि अन्तर-गुटीय उप समूहको सदस्य हुनुहुन्छ; यस क्षमतामा, उनले रूसी संविधानमा संशोधनको परिचयलाई समर्थन गरे, जसको अनुसार, "रुसको राष्ट्रिय र सांस्कृतिक पहिचानको आधार अर्थोडक्स हो।" डिसेम्बर 21, 2011 देखि संघीय संरचना र स्थानीय स्वशासन सम्बन्धी राज्य ड्यूमा समितिको उपाध्यक्ष।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.