![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b8/ISS-60_Volga_River_flowing_into_the_Caspian_Sea.jpg/640px-ISS-60_Volga_River_flowing_into_the_Caspian_Sea.jpg&w=640&q=50)
भोल्गा
From Wikipedia, the free encyclopedia
भोल्गा ( /ˈvɒlɡə, ˈvoʊlɡə/ ; रुसी: Во́лга link=| यो आवाजको बारेमा ) युरोपको सबैभन्दा लामो नदी हो। मध्य रूस देखि दक्षिण रुस हुँदै क्यासपियन समुद्रमा बग्ने यो नदिको लम्बाई ३,५३१ किमी (२,१९४ माइल) छ र यसको जलग्रहण क्षेत्र १३,६०,००० किमी२ (५,३०,००० वर्ग माइल) ओगटेको छ। [1]
यो बहाव र जलाधार क्षेत्रको आधारमा पनि युरोपको सबैभन्दा ठूलो नदी हो। भोल्गा नदीलाई व्यापक रूपमा रूसको राष्ट्रिय नदीको रूपमा मानिन्छ। यसको भौगोलिक अवस्थाका कारण भोल्गाले पूर्वी र पश्चिम (एशियादेखि युरोप) बीच र साथसाथै दक्षिण र उत्तर बीचको आवागमनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। [2] पुरानो रूसी राज्य, रूस 'खगनाट, भोल्गा नदीको वरिपरि विकसित भएको थियो। ऐतिहासिक रूपमा, यो युरेसियन सभ्यताको महत्वपूर्ण मिलनबिन्दु थियो।
यो नदी रूसमा जङ्गल, स्टेप्पहरू र स्टेप्प घाँसे मैदानहरू हुँदै बग्दछ । राजधानी मस्को सहित रसियाका बीस ठूला शहरहरू मध्ये ११ वटा शहरहरू भोल्गाको जलाधार/ सिंचित क्षेत्रमा अवस्थित छन्।
संसारका केही ठूला जलाशयहरू भोल्गाको आसपासमा अवस्थित छन्। रूसी संस्कृतिमा यो नदीको एक प्रतीकात्मक अर्थ छ र अक्सर रूपमा रूसी साहित्य र भोल्गालाई लोकगीत Волга-матушка भोल्गा-मतुस्का (भोल्गा माता)को रुपमा उल्लेख गरिन्छ।
![Large river ending in triangular delta into sea, seen from above the atmosphere](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b8/ISS-60_Volga_River_flowing_into_the_Caspian_Sea.jpg/640px-ISS-60_Volga_River_flowing_into_the_Caspian_Sea.jpg)