भारतीय रेल
From Wikipedia, the free encyclopedia
इण्डियन रेल (आईआर) एसियाको सबभन्दा ठूलो रेलवे सञ्जाल हो तथा एकल व्यवस्थापन अन्तरगतको यो विश्वको दोस्रो सबभन्दा ठूलो रेलवे सञ्जाल हो। यो १५० वर्ष भन्दा पनि धेरै समयसम्म भारतको यातायात क्षेत्रको मुख्य संघटक रहेकोछ। यो विश्वको सबभन्दा ठूलो नियोक्ता हो, यसका १६ लाखभन्दा पनि धेरै कर्मचारी छन्। यसले न केवल देश्को मूल संरचनात्मक आवश्यकताहरूलाई पूरा गर्नमा महत्त्वपूर्ण भूमिका निभाएकोछ अपितु छरिएका क्षेत्रलाई एक साथ जोडनमा र देश राष्ट्रिय अखण्डताको पनि संवर्धन गर्दछ। राष्ट्रीय विपत्तीको समयमा विपत्ती ग्रस्त क्षेत्रहरूमा राहत सामग्री पुर्याउनेमा भारतीय रेल अग्रणी रहेको छ
व्यवसाय प्रकार | इन्डियन सरकार को उपक्रम |
---|---|
उद्योग | रेलवेज |
स्थापित | १६ अप्रिल १८५३ (१७१ वर्ष पहिले) (१८५३-०४-16)[1] |
केन्द्रीय कार्यालय | , भारत |
सेवा क्षेत्र | भारत (नेपाल, बङ्गलादेश, पाकिस्तान लाई सीमित सेवा) |
मुख्य व्यक्ति |
|
सेवाहरू | सवारी रेलs फ्राइट services मालगाडी Catering and यात्रा सेवाहरू पार्किङ लोट operations Other related services |
आम्दानी | ![]() |
![]() | |
मालिक | भारत सरकार |
कर्मचारी सङ्ख्या | 1.335 million[3] (2014) |
मूल सङ्गठन | रेलवे मन्त्री through रेलवे बोर्ड |
विभाग | 16 Railway Zones |
सहायक कम्पनीहरू |
|
वेबसाइट | www |
अर्थव्यस्थामा अन्तरदेशीय यातायातको रेल मुख्य माध्यम हो। यो ऊर्जा सक्षम यातायात मोड, जो बडी मात्रामा जनशक्तिको आवागमनको लागि अति उपयुक्त भएकोछ, बडी मात्रामा वस्तुहरूलाई लाने ल्याउने तथा लामो दूरीको यात्राको लागि अत्यन्त उपयुक्त छ। यो देशको जीवन धारा हो र यसको सामाजिक-आर्थिक विकासको लागि यसको महत्त्वपूर्ण स्थान छ। सुस्थापित रेल प्रणाली देशको टाढा टाढाका ठाउँहरूबाट मानिसलाई एक साथ मिलाउँछ र व्यापार गर्न, दृश्य दर्शन, तीर्थ र शिक्षा संभव बनाएकोछ। यसले जीवन स्तरलाई सुधारेकोछ र यस प्रकारले उद्योग र कृषिको चाँडोसित विकास गर्न सहायता गर्दछ।