भारतीय रिजर्व बैङ्क
From Wikipedia, the free encyclopedia
भारतीय रिजर्व बैङ्क (अङ्ग्रेजी: Reserve Bank of India) भारतको केन्द्रीय बैङ्क हो । यो भारतको सबै बैङ्कहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ ।
| |||
केन्द्रीय कार्यालय | शहीद भगतसिंह मार्ग, मुम्बई, महाराष्ट्र | ||
---|---|---|---|
स्थापना | अप्रिल १, १९३५ (८९ वर्ष पहिले) (१९३५-०४-01) | ||
गभर्नर | उर्जित पटेल | ||
केन्द्रीय बैंक | इन्डिया | ||
मुद्रा | भारतीय रुपया | ||
कोष | अमेरिकी डलर ३०२.१ बिलियन[1] | ||
वेबसाइट | https://www.rbi.org.in |
यसको स्थापना १ अप्रिल सन् १९३५ को रिजर्व बैङ्क अफ इन्डिया ऐन, १९३४ अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय कोलकातामा थियो जसलाई सन् १९३७ मा मुम्बईमा सारिएको हो । पहिले यो एउटा निजी बैङ्क थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । उर्जित पटेल भारतीय रिजर्व बैङ्कका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।
भारत भरमा रिजर्व बैङ्कको कुल २२ क्षेत्रीय कार्यालयहरू छन् जसमा प्रायः जसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।[2] मुद्रा परिचालन र कालो धनको दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैङ्क अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।[3]