![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f3/55_windows_palace.jpg/640px-55_windows_palace.jpg&w=640&q=50)
भक्तपुर दरबार क्षेत्र
From Wikipedia, the free encyclopedia
भक्तपुर दरबार क्षेत्र (नेवारी: ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा 'ख्वो पा'मा अवस्थित छ।[1] यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र)[2] रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।[3]
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, स्थान ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() पचपन्नझ्याले दरबार | |
स्थान | नेपाल |
मापदण्ड | सांस्कृतिक: iii, iv, vi |
सन्दर्भ | 121 |
सूचीकृत | 1979 (? अज्ञात सत्र) |
विस्तार | सन् २००६ |
सङ्कटग्रस्त | सन् २००३- सन् २००७ |
क्षेत्रफल | १६७.३७ हेक्टर |
मध्यवर्ती क्षेत्र | ७०.२९ हेक्टर |
निर्देशाङ्क | २७.७०४°N ८५.३०९°E / 27.704; 85.309 |
बन्द गर्नुहोस्