![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4c/Brad_Pitt_2019_by_Glenn_Francis.jpg/640px-Brad_Pitt_2019_by_Glenn_Francis.jpg&w=640&q=50)
ब्राड पिट
अमेरिकी चलचित्र अभिनेता / From Wikipedia, the free encyclopedia
ब्राड पिट (जन्म डिसेम्बर १८, १९६३) एक बहुचर्चित अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन्। उनको पुरा नाम 'विलियम ब्राडली पिट' हो। पिट हालसम्म चार एकेडेमी अवार्ड र पाँच गोल्डेन ग्लोब अवार्ड मनोनयनमा परेका छन् जसमध्ये उनले एक गोल्डेन ग्लोब जितेका छन्। पिटलाई विश्वकै सबैभन्दा आकर्षक पुरुष भन्ने गरिन्छ जसका कारण उनी सधैँ मिडियामा छाइरहन्छन्।
पिटले सुरुका दिनमा अभिनय गरेका ठूलो बजेटका चलचित्रहरू अ रिभर रन थ्रु इट (१९९२), इन्टरभ्यु विद द भ्याम्पायर (१९९४), र लिजेन्ड्स अफ द फल (१९९४)हुन्। सन् १९९५मा उनले "टुवेल्भ मङ्किज" भन्ने चलचित्रबाट उत्कर्ष्ट सहाअभिनेताका लागि एउटा गोल्डेन ग्लोब अवार्ड हात पारे। पिटले आफ्नो निर्माण कम्पनी प्लान बी ईन्टरटेनमेन्ट मार्फत चलचित्र निर्माण गर्छन्। ।
छरितो तथ्यहरू ब्राड पिट, जन्म ...
ब्राड पिट | |
---|---|
![]() Brad Pitt - Hollywood California - July 2019 | |
जन्म | विलियम ब्राडली पिट (१९६३-१२-१८)डिसेम्बर १८, १९६३ सवनि, ओक्लोहोमा, अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटी अफ मिसाउरी |
पेशा | अभिनेता र चलचित्र निर्माता |
जीवनसाथी | |
समकक्षी | एन्जेलिना जोली (२००५–हालसम्म) |
सन्तान | 6 |
बन्द गर्नुहोस्