बोरिस येल्तसिन
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
बोरिस निकोलयभिच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए: [bɐˈrʲis nʲɪkɐˈlaɪvʲɪtɕ ˈjelʲtsɨn] ( ); १ फेब्रुअरी १९३१ – २३ अप्रिल २००७) सोभियत सङ्घ तथा रूसी राजनीतिज्ञ थिए जसले रूसको पहिलो राष्ट्रपतिको रूपमा सन् १९९१ देखि सन् १९९९ सम्मको पदभार सम्हालेका थिए। रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्दछन्।
बोरिस येलतसिनको जन्म सन् १९३१ फेब्रुअरी १ का दिन रूसको बुत्का, तत्कालीन रुसी सोभियत समाजवादी गणराज्यमा भएको थियो। उनको परिवार त्यहाँ कम्तीमा पनि अठारौँ शताब्दी देखि बस्दै आएका थिए।[1][2] उनका पिता, निकोलाई येल्तसिनले उनकी आमासँग सन् १९२८ मा विवाह गरेका थिए।[3] येल्तसिन सधैँ आफ्नो बुबा भन्दा पनि आमा सँग नजिक रहे;[4] उनी आफ्ना पत्नी र छोराछोरी भन्दा पनि आमासँग नै नजिक रहेका थिए।[5]
सन् १९९९ डिसेम्बर ३१ का दिन येल्तसिनले टेलिभिजन मार्फत आफ्नो राजीनामा सम्बोधन गरेका थिए।[6] सम्बोधनमा उनले उनको प्रशासनमा आएको साँस्कृतिक, राजनैतिक र आर्थिक स्वतन्त्रताको प्रशंसा गर्दै रुसी जनतासँग "तिम्रो र मेरो धेरै सपनाहरूलाई पूरा गर्न नसकेको"मा माफी मागेका थिए।[7][8]
आफ्नो दोस्रो कार्यअवधि बाँकी छँदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरेका थिए।
केही अनुमान अनुसार पद छाड्ने बेलामा उनको लोकप्रियता २% जति निम्न स्तरमा थियो। सर्वेक्षणअनुसार पनि अधिकांश रुसी नागरिकहरू येल्तसिनको राजिनामाबाट खुसी थिए।[9]
बोरिस येल्तसिनको मृत्यु सन् २००७ अप्रिल २३ का दिन ७६ वर्षको उमेरमा मुटु रोगबाट भएको थियो।[10][11][12][13]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.