From Wikipedia, the free encyclopedia
बोडो[2] (बर'/बड़ [bɔɽo]), र बोरो,[3] चिनियाँ तिब्बती भाषा हो जसलाइ खास गरी प्राथमिक रूपमा उत्तरपूर्व भारत, नेपाल र बङ्गाल क्षेत्रका बोडो जातिहरूद्वारा बोल्ने गरिन्छ। यो भारतको स्वायत्त क्षेत्र बोडोल्यान्डको आधिकारिक भाषा र आसामको सह-आधिकारिक भाषा हो।[4] यो भाषा भारतीय संविधानको विशेष संवैधानिक दर्जा प्राप्त २२ अनुसूचित भाषाहरू मध्ये एक हो।[5] सन् १९६३ देखि यो भाषा देवनागरी लिपिमा लेख्ने गरिन्छ। पहिले यो भाषा रोमन तथा आसामी लिपिमा लेख्ने गरिन्थ्यो। केही भाषाविद्हरूका अनुसार यो भाषाको आफ्नै लिपि थियो जसलाई देवढाई लिपि भन्ने गरिन्थ्यो, समयको परिवर्तनसँगै हराउँदै गएको हो।
बोडो भाषा | |
---|---|
बोरो भाषा | |
बर'/बड़ | |
मूलभाषी | उत्तरपूर्व भारत |
रैथाने(हरू) | बोडो मानिस |
मातृभाषी वक्ता | १.४ मिलियन |
चिनियाँ-तिब्बती
| |
देवनागरी लिपि (आधिकारिक) रोमन (प्रयोग बढ्दो) पूर्वी नागरी (पूर्व) देवढाई (अप्रमाणित) | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | भारत (बोडोल्यान्ड, आसाम) |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | brx |
ग्लोटोलग | bodo1269 [1] |
अन्तर्गत एक शृङ्खलाको भाग | |
---|---|
| |
भारतको संवैधानिक मान्यता प्राप्त भाषाहरू | |
श्रेणी | |
भारतीय गणतन्त्रको २२ आधिकारिक भाषाहरू | |
असमिया
·
बङ्गाली
·
बोडो
·
डोगरी
·
गुजराती
| |
सम्बन्धित | |
भारतीय संविधानको आठौँ अनुसूची
| |
सन् १९१३ देखि विभिन्न बोडो सङ्गठनहरूद्वारा सुरु गरिएको सामाजिक-राजनीतिक जागरण र आन्दोलनहरूको परिणाम स्वरूप, यो भाषालाई सन् १९६३ मा बोडो बहुल क्षेत्रहरूको प्राथमिक विद्यालयमा शिक्षा माध्यमको रूपमा प्रयोगमा ल्याइएको थियो। वर्तमान समयमा, बोडो भाषा माध्यमिक स्तरसम्मको शिक्षाको माध्यमको रूपमा अध्ययन गराउने गरिएको छ र यो भाषा आसाम राज्यको सम्बद्ध आधिकारिक भाषा हो। सन् १९९६ देखि गुवाहाटी विश्वविद्यालयमा स्नातकोत्तर स्तरको पाठ्यक्रममा बोडो भाषा र साहित्यलाई स्थान दिइएको छ। कविता, नाटक, लघु कथाहरू, उपन्यास, जीवनी, यात्रा वृतान्त, बच्चाहरूको साहित्य र साहित्यिक आलोचना माथि धेरै सङ्ख्यामा बोडो भाषाका पुस्तकहरू छन्। बोडो भाषाको विभिन्न बोलीहरू रहेका छन् तर कोकराझाड जिल्लाको वरिपरीको क्षेत्रमा प्रयोग गरिने बोलीलाई स्तरीय र मानक बोली मानिएको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.