From Wikipedia, the free encyclopedia
बृहदारण्यक उपनिषद महत्त्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन उपनिषद हो यसमा ब्रह्म, माया, ईश्वर, अविद्या, जीव तथा जगत् ब्रह्माण्डको बारेमा विशेष कुराहरू छन् | अतः यो दार्शनिक उपनिषद हो |यस्मा आदि शंकराचार्य द्वारा भाष्य पनि लेखिएको छ । आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन्, यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.