बिलबोर्ड (पत्रिका)
From Wikipedia, the free encyclopedia
बिलबोर्ड एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। बिलबोर्ड हट १०० र बिलबोर्ड २०० गरी यो सङ्गीत चार्टहरूको लागि पनि जानिन्छ जसले विभिन्न किसिमका सबैभन्दा लोकप्रिय गीत र एल्बमहरूलाई पछ्याउने काम गर्दछ। यसले कार्यक्रमहरूको आयोजना गर्दछ, एक प्रकाशन फर्मको स्वामित्व गरेको छ र धेरै टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दछ।[2]
सम्पादक | हन्नाह कार्प |
---|---|
पूर्व सम्पादक | टोनी जर्भिनो, बिल वेर्ड, तमारा कोन्निफ |
श्रेणी | मनोरञ्जन उद्योग |
आवृति | साप्ताहिक |
प्रकाशक | लेन सेगल |
कुल वितरण | १७,००० पत्रिका प्रति हप्ता १५.२ मिलियन नमूना पाठक प्रति महिना[1] |
संस्थापक | विलियन डोनाल्डसन र जेम्स हेनीगन |
स्थापना बर्ष | नोभेम्बर १, १८९४; १२९ वर्ष पहिले (१८९४-११-01) ( बिलबोर्ड एड्भरटाइजिङ को रूपमा) |
कम्पनी | बिलबोर्ड-हलिउड मिडिया समूह (भ्यालेन्स मिडिया, एल्ड्रिज उद्योगको एक एकाइ |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | न्यु योर्क सहर |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | 0006-2510 |
बिलबोर्डको स्थापना सन् १८९४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनले रसिदका पोस्टरहरूका लागि व्यापारिक प्रकाशनको रूपमा गरेका थिए। डोनाल्डसनले पछि हेन्नागेनको स्वामित्व ५०० अमेरिकी डलरमा सन् १९९० मा प्राप्त गरेका थिए। २०औँ शताब्दीको सुरुवाती वर्षहरूमा यसले मनोरञ्जन उद्योगलाई आफ्नो मुख्यधारमा समावेश गरेको थियो जसमा यसले तमाशागृह, मेला, र व्यङ्ग्यरचनका कार्यक्रम पर्दछन् भने यसले यात्रा गर्ने मनोरञ्जनकर्ताहरूका लागि डाँक सेवाको पनि सृजना गरेको थियो। पछि, बिलबोर्डले सङ्गीत उद्योगमा अधिक ध्यान केन्द्रित गर्न थालेको थियो। यसमा समावेश गरिएका धेरै शीर्षकहरू, मनोरञ्जन व्यवसाय सहित विभिन्न पत्र पत्रिकाहरूमा आफ्नोमा छाप्न सुरु गरेका थिए जसमा सन् १९६१ मा, अम्युजमेन्ट बिजनेस नामक पत्रिकाले यसको सामग्री साभार गर्दै बाहिरी मनोरञ्जनका सामग्रीहरू छापेको थियो। त्यस पश्चात्, बिलबोर्डले मात्रै साङ्गीतिक क्षेत्रमा ध्यान दिँदै अगाडि बढेको थियो। डोनाल्डसनको सन् १९२५ मा मृत्यु भएपछि बिलबोर्डलाई हेन्नेगन र डोनाल्डसनको छोराछोरीहरू समक्ष सुम्पिएको थियो भने सन् १९८५ मा, यसलाई निजी लगानीकर्ताहरूलाई बेचिएको थियो। त्यस पश्चात्, यसलाई विभिन्न दलहरूले स्वामित्वमा राखेका थिए।[3]