From Wikipedia, the free encyclopedia
बिग मिसिन रेकर्ड्स एक स्वतन्त्र अमेरिकी रेकर्ड लेबल हो जुन विशेष गरी पप कलाकारहरूका लागि स्थापना गरिएको थियो।[1] बिग मिसिन न्यासभिल, टेनेसीमा आधारित छ। यो लेबल सेप्टेम्बर २००५ मा सुरुमा ड्रिमओर्कस् रेकर्ड्स नामले स्थापित भएको थियो जसका संथापक स्कट ब्रोचेट थिए। रेकर्ड लेबलको स्थापना पछि ब्रोचेटले र कन्ट्रि गायक टोबी केथसँग साझेदारी गर्दै लेबलको उत्थान गरेका थिए।[2] कम्पनीले हाल प्रकाशन, व्यवस्थापन, र व्यापारिक सम्बन्धमा ध्यान केन्द्रित गर्दछ र छापको निरीक्षण गर्दछ, जस्तै भ्लोरी सङ्गीत पनि बिग मेसिनको लेबल ग्रूपको एक भाग हो।
बिग मेसिन रेकर्ड्स | |
---|---|
अभिभावक कम्पनी | बिग मेसिन लेबल ग्रुप |
स्थापना | १ सेप्टेम्बर २००५ |
संस्थापक | स्कट ब्रोचेट |
वितरक (हरू) | युनिभर्सल म्युजिक ग्रुप |
विधा |
|
मूल देश | संयुक्त राज्य |
स्थान | न्यासभिल, टेनेसी |
आधिकारिक वेबसाइट | bigmachinerecords |
व्यवसाय प्रकार | निजी सिमीत दायित्व कम्पनी |
---|---|
उद्योग | सङ्गीत र मनोरञ्जन |
स्थापित | सेप्टेम्बर १, २००५ |
स्थापनाकर्ता | स्कट ब्रोचेट |
केन्द्रीय कार्यालय | म्युजिक र, न्यासभिल Tennessee , |
मुख्य व्यक्ति | स्कट ब्रोचेट (प्रमुख अधिकृत) एन्ड्रयु कुट्ज, (प्रबन्धक) |
मालिक | स्कट ब्रोचेट |
विभाग | बिग मेसिन रेकर्ड्स भ्लोरी म्युजिक बिएमएलजी |
वेबसाइट | bigmachinelabelgroup.com |
नोभेम्बर २००७ मा बिग मिसिन रेकर्ड्सले भ्लोरी सङ्गीत कम्पनीको नाममा एक सहायक कम्पनीको स्थापना गरेको थियो। यस रेकर्ड्स हाल जिम्मी वेन (जसले पहिले बिग मेसिनमा हस्ताक्षर गरेका थिए), जोर्ल्स, द म्याभरिक्स, थमस रेहट र जस्टिन मोरे आदि कलाकारहरू रहेका छन्।[3]
नोभेम्बर २००८ को समाप्तिसँगै भ्लोरी सङ्गीतले आफ्नो उत्पादनको बिक्री, उत्थान र रेकर्ड्सको प्रचारका लागि मिदास रेकर्ड्ससँग साझेदारी पत्रमा हस्ताक्षर गरेको थियो जसमा दुई क्यानडेली गायक एडम जर्गोरी र एमरसन ड्राइभ पनि सामेल थिए।[4] पछि सन् २००८ नोभेम्बरमा रेबी म्याकइन्ट्रिले पनि भ्लोरी सङ्गीतमा आवद्ध भएकी थिइन्। म्याकइन्ट्रिले पहिलो एकल २००९ को लागि अनुसूचित गरिकी थइन् भने उनको नयाँ स्टुडियो एल्बम एकै वर्षको ग्रीष्मका लागि तय गरिएको थियो।[5]
जुन २००९ मा यूनिभर्सल रिपब्लिक रिकार्ड्ससँग साझेदारी गर्दै बिग मिसिन रेकर्ड्सले एक नयाँ रेकर्ड्स लेबल रिपब्लिकन न्यासभिलको स्थापना गरेको थियो।[6] अगस्ट २०१६ मा ठूला मिसिन रेकर्ड्स लेबलको पूर्ण स्वामित्व फिर्ता गरे पछि रिपब्लिकन न्यासभिललाई बिएमएलजी रेकर्डिङको रूपमा पुनःस्थापित गरियो।
मार्च २०१४ मा बिग मिसिनले डट रेकर्ड्स को पुनरुत्थानको घोषणा गरे र सन् २०१५ को फेब्रुअरीमा बिग मेसिन रेकर्ड्सले रिपब्लिक रेकर्ड्ससँग साझेदारी गरेको थियो।[7] डट रेकर्ड्समा आवद्ध धेरै कलाकारहरू बिग मेसिनको स्वामित्वमा रहेका अन्य रेकर्ड्स लेबलमा गएपछि सन् २०१७ डट रेकर्ड्स मा बन्द गरिएको थियो।
सन् २०१४ मा बिग मेसिन रेकर्ड्सले कुमुलस मिडियासँग साझेदारी गर्दै नाश आइकन म्युजिकको स्थापना गरेको थियो।[8][9] २१ अक्टोबर २०१४ मा रेकर्ड्सले म्याकइन्ट्रि नाश आइकन म्युजिकमा हस्ताक्षर गर्ने पहिलो कलाकार बनेकी थिइन्। नाश आइकन रेकर्ड्स पछि बिग मेसिनमा सामेल भएको थियो।[10]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.