From Wikipedia, the free encyclopedia
बैदु इन्क (pinyin: Bǎidù, अङ्ग्रेजी /ˈbaɪduː/ "BY-doo") सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।[4]
साइटको प्रकार | पब्लिक |
---|---|
संस्थापित | जनवरी १, २००० |
मुख्यालयहरू | , चीन |
सेवा क्षेत्र | विश्वव्यापी |
उद्योग | इन्टरनेट |
आय | |
सञ्चालन आय | CNY ११.६७२ विलियन (३१ डिसेम्बर, २०१५) [1] |
खुद सम्पत्ति | CNY १४७.८५३ विलियन (३१ डिसेम्बर, २०१५) [2] |
Total equity | CNY ८०.२६८ विलियन (३१ डिसेम्बर, २०१५) [2] |
कर्मचारीहरू | (१ जनवरी, २०१५) [3] ४६,३९१ |
युआरएल | www |
बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ ।[5] बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो । [6]
सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । [7] सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो । [8]
बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । सन् २००४ जुन देखि चीनमा विकिपिडियाका केही लेखहरू अबरूद्ध तथा फिल्टर गरिए पश्चात चिनिया सरकारले बैदुमा गर्न सक्ने काटछाट गर्ने सम्बन्धमा विवाद भएको थियो ।[9]
बैदुको नाम जिन किजी (辛弃疾) को शास्त्रीय कविताको अन्तिम हरफबाट लिइएको हो ।
सन् १९९४ मा रविन लि ले डअ जोन्स एण्ड कम्पनको आईडिडि सुचना सेवामा नियुक्ति लिएका थिए, जहाँ उनले वाल स्ट्रिट जनरलको अनलाई संस्करणको लागि सफ्टवेयर बनाउन सहयोग गरेका थिए ।[10] उनी खोज सेवा सम्बन्धी वेभसाइटको लागि राम्रो अलगोरिदम बनाउनको लागि समेत कार्य गरी रहेका थिए र उनी आईडिडि सुचना सेवामा उनी सन् १९९४ मे देखि १९९७ जुनसम्म कार्यरत थिए । सन् १९९६ मा आईडिडि सुचना सेवामा रहँदा उनले खोज सेवा सम्बन्धी वेभसाइटको लागि र्यांकडेक्स साइट-स्कोरिंग अलगोरिदम बनाएका थिए[11][12][13] र उनले यसको युएस प्याटेन्ट समेत हासिल गरेका थिए ।[14] पछि गएर उनले यसलाई बैदुको खोज सेवा वेभसाइटको लागि प्रयोग गरेका थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.