बाघ
स्तनधारी प्रजाति / From Wikipedia, the free encyclopedia
बाघ (Panthera tigris) फेलिडी (Felidae) परिवारको प्यान्थरा (Panthera) वर्ग अन्तर्गत पर्ने "ठुलो बिरालो" (Big cats) समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राजगरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । करिब ३.३ मिटर (११ फिट) लामो शरीर, ३०० किलोग्राम (६६० पाउन्ड) तौल र ४ इन्च सम्म लामा तीखा कुकुरदाँत हुने यो जनावर एक भयानक हिंस्रक मांशहारी जनावर हो । विशाल काया र शक्तिका अलावा बाघहरू सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण पनि हेर्न लायकका हुन्छन् । बाघको शरीरमा हुने यस्ता ठाडा पाटाहरू तलतिर साँघुरिंदै गएका हुन्छन् । बाघको छाला एकदमै आकर्षक हुने भएकोले यसलाई सजावटको सामाग्रिको रूपमा प्रयोग गरिन्छ । यही आकर्षणका कारण पनि छाला र भुत्लाका लागि बाघको चोरी शिकारी बढिरहेको छ । अहिले विश्वमा बङ्गाली बाघ (Bengal tiger) सबैभन्दा धेरै सङ्ख्यामा पाइन्छ भने सबैभन्दा ठूलो आकार भएको बाघ साइबेरीयन बाघ हो ।
बाघ | ||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
बयस्क बाघ | ||||||||||||||
संरक्षण स्थिति | ||||||||||||||
वैज्ञानिक वर्गीकरण | ||||||||||||||
| ||||||||||||||
द्विपद नाम | ||||||||||||||
Panthera tigris (Linnaeus, 1758) | ||||||||||||||
पर्याय | ||||||||||||||
Tigris striatus Severtzov, 1858 | ||||||||||||||
जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ वर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० वर्षसम्म पनि जीवित रहने गर्दछन् । एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको यो जनावर साइबेरीयाको चिसो वातावरण देखि खुल्ला घाँसे मैदान र उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् ।
बाघहरू साम्राज्यवादी र साधारणतया एक्लै बस्न रुचाउने जनावर हुन् । आफ्नो शिकार आवश्यकतालाई पुरागर्न यिनीहरूले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगटेका हुन्छन् । बाघको यही बानीका कारण घना आवादी भएका क्षेत्रहरूका रैथाने जनावरको रूपमा बाघले आफ्नो अस्तित्व कायम गरेको छ । बाघका आधुनिक नौ प्रजाति मध्ये तिनवटा प्रजातिहरू यस संसारबाट लोप भैसके भने अहिले सम्म अस्तित्वमा रहेका ६ प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सुचिकृत भएका छन् । यसो हुनुको प्रमुख कारणहरु वासस्थानको विनाश, अवैद्य शिकार र आफ्नो समुहबाट एक्लिदै जानुलाई मान्ने गरिन्छ ।
ऐतिहासिक रूपमा हेर्ने हो भने बाघहरु प्राचिन मेसोपोटामीया र ककेसस् क्षेत्रमा प्रशस्तरूपमा पाइन्थे । हाल बाघको सङ्ख्यामा तिब्ररूपमा गिरावट आएको छ । एकातर्फ बाघ संरक्षणका लागि औपचारिक रूपमा पहल भैरहेको भएपनि चोरी शिकारी, वासस्थानको विनाश र सन्तान उत्पादन क्षमतामा आएको ह्रासका कारण बाघको सङ्ख्यामा अझैपनि अपेक्षाकृत वृद्धि हुनसकेको छैन ।
पृथ्वीमा पाइने जनावरहरू मध्ये बाघ एकदमै प्रशिद्ध र परिचित जङ्गली जनावर हो । प्राचिन धर्मग्रन्थहरू तथा लोककथाहरूमा पनि बाघको प्रशंगहरु उल्लेख्यमात्रामा पाइन्छन् भने आधुनिक साहित्य र चलचित्रहरूमा पनि बाघको प्रयोग गर्ने गरिन्छ । धेरै देशका झण्डाहरू, राष्ट्रिय चिह्नहरू र खेलकुदका मस्कटहरूमा बाघको आकृतिको प्रयोग भएको छ भने भारत लगायत धेरै एसियाली देशहरूमा बाघ राष्ट्रिय जनावरको रूपमा परिचित छ ।