From Wikipedia, the free encyclopedia
बसर अल असद (अरबी: بشار حافظ الأسد जन्म ११ सेप्टेम्बर १९६५) सिरियाली राजनीतिज्ञ हुन् जो १७ जुलाई २००० देखि राष्ट्रपतिको रूपमा रहिआएका छन्।[1][2] उनी सिरिया का पुर्व राष्ट्रपति हफिज अल असदका पुत्र हुन् ।
बसर अल असद | |
---|---|
بشار الأسد, | |
सिरियाका राष्ट्रपति | |
पद बहाली १७ जुलाई २००० | |
पूर्वाधिकारी | हफिज अल असद अब्दुल हमिद खद्दाम (कार्यवाहक) |
बाथ पार्टिका आञ्चलिक सचिव | |
पद बहाली सन् २००० | |
व्यक्तिगत विवरण | |
जन्म | ११ सेप्टेम्बर १९६५ |
राजनीतिक दल | बाथ पार्टी |
जीवन साथी | आसमा अल असद |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | सिरिया |
शाखा/सेवा | सिरिया सशस्त्र बल |
सेवाको वर्षहरू | १९८८-बर्तमान |
श्रेणी | मार्सल |
एकाइ | रिपब्लिकन गार्ड (२००० अगाडि) |
आदेशहरू | सिरिया सशस्त्र बल |
लडाई/युद्धहरू | सिरियाली गृहयुद्ध |
}}
१० जुन २००० मा हाफिज अल असदको मृत्यु पछि सिरियाको संविधान संशोधन गरियो। राष्ट्रपति पदका लागि न्यूनतम उमेर आवश्यकता ४० बाट झारेर ३४ बनाइएको थियो जुन त्यस समयमा बशरको उमेर थियो।[3] १० अप्रिल २००० मा असद ९७.२% समर्थनका साथ राष्ट्रपति बने।[4][5][6] सिरियाका राष्ट्रपतिको रूपमा आफ्नो भूमिका अनुरूप, उनी सिरियाली सशस्त्र बलको कमाण्डर-इन-चीफ र बाथ पार्टीको क्षेत्रीय सचिव पनि नियुक्त भए। [7]
२७ मे २००७ मा, राष्ट्रपति पदको लागी भएको जनमत संग्रहमा असदलाई अर्को सात वर्षे कार्यकालको अनुमोदन गरियो । जसमा उनको निरन्तर नेतृत्वलाई ९७.६% मतको समर्थन प्राप्त गरेम्का थिए। देशमा विपक्षी दलहरूलाई अनुमति थिएन र जनमत संग्रहमा असद एक मात्र उम्मेद्वार थिए। [8]
सिरियामा २६ जनवरी २०११ बाट सामूहिक विरोध प्रदर्शन सुरु भयो। आन्दोलनकारीहरूले राजनीतिक सुधार र नागरिक अधिकारको बहालीका साथै १९६३ देखि लागू भएको आपतकालको अन्त्यको माग गरे।
लन्डन स्कूल अफ इकोनमिक्सले सिरियाली गृहयुद्धको परिणाम स्वरूप सिरियामा युद्ध अर्थव्यवस्थाको विकास भएको बताएको छ। [9]
सीरियन सेन्टर फर पलिसी रिसर्चले संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनेको छ कि सिरियाली जनसंख्याको दुई तिहाई जनसंख्या अब अत्यन्त चरम गरिबीमा बाँचिरहेको छन्।[10]
बेरोजगारी ५० प्रतिशत छ। [11]
सोरियाली र इराकी सरकार बीच लामो समयदेखि दुश्मनी भएपनि असदले २००३ को इराक माथि आक्रमणको बिरोध गरे। असदले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिरियाको सिट इराक आक्रमण रोक्न प्रयास गरे ।[12]
इराकमा गठबन्धन सेनाका अमेरिकी कमान्डर जर्ज डब्लु. केसी जुनियर ले असद माथि "अमेरिका र मित्र सेनाबिरुद्ध बिद्रोहीलाई वित्तीय, लजिस्टिक, र तालिम सहयोग प्रदान गरेको" आरोप लगाएका थिए ।[13] पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मोवाफक अल रुवाई र पूर्व प्रधानमंत्री नुरे अल मलिकीले लगायत इराकी नेताहरू असदमाथि इराकी मिलिसियालाई सहयोग गरेको आरोप लगाए।[14][15]
उनको शासनमा सिरियाको २००५ मा इजिप्टको साथ कूटनीतिक सम्बन्ध पुन: स्थापित भयो।
१९७८ मा, उनका बुबा हफिज अल-असादले इजिप्टको राष्ट्रपति अनवर सदतले इजरायलसँग क्याम्प डेभिड एकर्डमा शान्ति सम्झौता गरेपछि इजिप्टसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.