From Wikipedia, the free encyclopedia
बारिसाल (बङ्गाली: বরিশাল) बङ्गलादेशको एक प्रमुख सहर हो जुन क्रितनखोला नदिको किनारमा रहेको छ। यो सहर बङ्गलादेशको दक्षिण-मध्य क्षेत्रमा अवस्थित छ। यो सबैभन्दा ठुलो सहर हो र दुवै बरिसाल जिल्ला र बरिसाल विभागको प्रशासनिक मुख्यालय र सबैभन्दा ठुलो सहर हो। यो बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिका र नदी बन्दरगाह रूपमा रहेको छ। बिरसल नगरपालिका १९७६ मा ब्रिटिस राजको समयमा स्थापना भएको थियो र २५ जुलाई २००२ मा नगरपालिका निगममा स्थान अभिब्रिद्घी गरियको थियो। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ३२८,२७८ रहेको छ र यस सहरमा ३० वार्डहरू र ५० वटा महलहरू छन्। यस सहरको कुल क्षेत्रफल ५८ वर्ग किलोमिटर रहेको छ।
बरिसाल
বরিশাল | |
---|---|
सहर | |
बरिसालका सम्पदाहरू | |
उपनाम: पूर्वको भेनिस | |
विभाग | बरिसाल विभाग |
जिल्ला | बरिसाल |
नगरपालिकाको स्थापना | १८७६ |
सहर निगम | २००२ |
सहर | १९ अप्रिल २००१[1] |
सरकार | |
• प्रकार | मेयर परिसद |
• अङ्ग | बरिसाल परिसर निगम |
क्षेत्रफल | |
• सहरी | ५८ किमी२ (२२ वर्ग माइल) |
उन्नतांश | १ मिटर (४ फिट) |
जनसङ्ख्या (२०११)[3] | |
• सहर | ३२८,२७८ |
• घनत्व | १०,५२४/किमी२ (२७,२६०/वर्ग माइल) |
• महानगर | ३८५,०९३ |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | ८२०० |
टोलिफोन कोड | ०४३१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०११ राष्ट्रिय जनगणनाको अनन्त परिणामको अनुसार बरिसालको जनसङ्ख्या (बरिसाल नगर निगमको अधिकार क्षेत्र अन्तर्गत) ३२८,२७८ रहेको छ जसमध्ये परुषको जनसङ्ख्या ५१.६३ र ४८.३७ % महिला को जनसङ्ख्या रहेको छ।
बरिसालको सहरीया मानिसको साक्षरता दर ७५.३ % रहेको छ जुन राष्ट्रिय औसत ५६.५ % भन्दा अधिक छ। बरिसालमा लगभग सबै मानिसहरू बङ्गाली हुन।
बरिसला जिल्ला कुल क्षेत्रफल २७९०.५१ वर्ग किलोमिटर रहेको छ जुन मदारीपुर ,लक्ष्मीपुर ,चाँदपुर ,शरियतपुर जिल्लाले उत्तर तर्फबाट धेरेको छ भने पटुवाखाली ,बर्जुना र झालोकोटी जिल्लाले दक्षण तर्फबाट धेरेको छ र भोला जिल्लाले पूर्वीमा र पिरोजपुर ,झालोकोटी र गोपालगन्जले पश्चिम तर्फबाट धेरेको छ। खोरदबाद , एरियल खान ,कमलीजरा र क्रितनखोला यस सहरका प्रमुख नदिहरू हुन्।
बरिसाल बङ्गलादेशको सबैभन्दा धेरै धान उत्पादन गर्ने सहर हो। यस सहरमा बलाम (एक प्रकारको बासमती धान) यहाँको लोकप्रिय धान हो। यो सहर पानको लागि प्रख्यात छ। सहरलाई नदिहरूले धेरेको हुँदा यहाँ माछा पनि धेरै मात्रमा पाइन्छ। नरिवल यस सहरको एक प्रमुख फलफुल हो। सहरले हालसम्म हल्सा माछा ,सिमेन्ट ,धान ,अौसधीहरू आयात गर्दै आएको छ।
यस सहरमा क्रिकेट र फुटबल अत्यधिक रुचाइएको खेल हो भने कब्ड्डी र टेनिस पनि प्रख्यात रहेको छ। यस सहरको बरिशाल विभागीय रङ्गशाला अन्तर्राष्ट्रिय रङ्गशाला हो जसमा विभिन्न किसिममा खेलहरू खेलिँदै आएको छ भने यस रङ्गशालाको कुल क्षमता १५,००० रहेको छ। हाल यो रङ्गशालालाई क्रिकेट खेलहरूको लागि प्रयोग गरिन्छ। यो फुटबल र अन्य खेलकुदहरूको लागि पनि प्रयोग गरिँदै आएको थियो। विभिन्न खेलहरू बाहेक त्यहाँ कहिलेकाहीँ खेल सम्बन्धि कार्यक्रमहरू पनि गरिँदै आएको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.