बङ्गलादेश प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
बङ्गलादेश प्रिमियर लिग (बङ्गाली: বাংলাদেশ প্রিমিয়ার লীগ) बङ्गलादेशको व्यवसायीक टी-२० क्रिकेट लिग हो । जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो ।
बङ्गलादेश प्रिमियर लिग বাংলাদেশ প্রিমিয়ার লীগ | |
---|---|
![]() | |
देशहरू | ![]() |
प्रशासक | बङ्गलादेश क्रिकेट बोर्ड बिपिएल सरकार परिषद |
ढाँचा | टि-२० |
पहिलो प्रतियोगिता | २०१२ |
पछिल्लो प्रतियोगिता | २०१७ |
आगामी प्रतियोगिता | २०१९ |
प्रतियोगिताको ढाँचा | राउन्ड रोविन तथा प्ले अफ |
टिम सङ्ख्या | ७ |
वर्तमान विजेता | राङ्पुर राइडर्स |
सबैभन्दा सफल | ढाका डाइनामाइटस् (३ उपाधि) |
वेबसाइट | BPL |
![]() |
बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादेश क्रिकेट बोर्डले २०११ मा गरेको थियो । भने पहिलो संस्करणको प्रतियोगिता ढाका तथा चिट्टागोङ् सहरका रंगशालामा भएको थियो । तर वर्तमान समयमा यस बङ्गलादेश प्रिमियर लिग विश्वका स्तरीय तथा चर्चित टि-२० क्रिकेट लिग अन्तर्गत रहेको छ।
यो प्रतियोगितामा सर्वाधिक सफल टोलीका रूपमा ढाका डाइनामाइट्स टिम रहेको छ । जसले हाल सम्म तीन उपाधिहरू जित्न सफल भएको छ । यस टिमले लगातार पहिलो दुई २०१२ र २०१३ को संस्करणमा उपाधि जितेको थियो । ढाका डाइनामाइट्स बाहेक कोमील्ला भिक्टोरियन्स तथा रङ्गपुर राइडर्सले एकएक पटक उपाधि जित्न सफल भएका छन् ।