फिजी हिन्दी
From Wikipedia, the free encyclopedia
फिजी हिन्दी (हिन्दी लेखनभेद: फ़ीजी हिंदी) अथवा स्थानीय तहमा हिन्दुस्तानी बहुसंख्यक फिजी हिन्दुस्तानी लोकद्वारा बोलिने हिन्द-आर्य भाषा हो ।[2] मध्य क्षेत्रीय हिन्दीमा वर्गीकृत गरिएको फिजी हिन्दीलाई अवधी तथा अन्य बिहारी भाषाद्वारा प्रभावित उत्तरपूर्वी भारतमा बोलिने भोजपुरीको पुरानो भाषिका मानिन्छ । यस भाषाको शब्दावलीमा अङ्ग्रेजी र फिजियनको पनि निकै प्रभाव परेको छ । यसमा प्रयोग गरिने धेरैजसो नयाँ शब्दहरू फिजीको हिन्दुस्तानी जनसमूहको वर्तमान स्थितिमा आधारित छन् ।[3] फिजीमा बसाइ सरेका फिजी हिन्दीलाई सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने भारतीय जनसमूहका प्रथम पुस्ताले उक्त भाषालाई फिजी बात भन्थे । यस भाषाको मौरिसस र दक्षिण अफ्रिकामा बोलिने क्यारिबियन हिन्दुस्तानी र भोजपुरी-हिन्दुस्तानीसँग नजिकको सम्बन्ध छ । यो बिहारका भोजपुरी र मगही तथा उत्तर प्रदेशको हिन्दी भाषिकासँग सम्बन्धित छ तर ध्वनि तथा शब्दावलीका आधारमा मानक हिन्दीभन्दा भिन्न छ ।