प्रमुख प्रतिपक्ष
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
प्रमुख प्रतिपक्ष संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा सत्तारुढ दलपछिको ठूलो दल हो । संसदीय प्रणाली अवलम्बन गरेका मुलुकमा प्रमुख प्रतिपक्षलाई प्रतीक्षारत सरकार पनि भन्ने चलन छ । देशअनुसार प्रमुख प्रतिपक्षको मान्यता पाउने मापदण्ड वा संवैधानिक-कानूनी प्रावधान फरक फरक छन् । भारतको लोकसभाका कुल सदस्यको कम्तीमा १० प्रतिशत अर्थात् ५४५ सदस्यमध्ये न्यूनतम ५५ जना एउटै संसदीय दलका भएमा मात्र त्यस दलका नेताले प्रमुख प्रतिपक्षका नेताको हैसियत प्राप्त गर्दछन् ।[1][2] सभाध्यक्ष वा सभामुखले यस्तो हैसियत प्रदान गर्दछन् । विपक्षी दलसँग न्यूनतम सांसद संख्या नभएकाले भारतको तल्लो सदन लोकसभामा हाल प्रमुख प्रतिपक्ष नेताको पद रिक्त छ । नेपालमा भने यस्तो मान्यता प्राप्त गर्नका लागि न्यूनतम सीमा तोकिको छैन ।[3][4] नेपालको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी प्रमुख प्रतिपक्ष र यसका केन्द्रिय सचिव प्रेम सुवाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.