![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/45/Antique_Valentine_1909_01.jpg/640px-Antique_Valentine_1909_01.jpg&w=640&q=50)
प्रणय दिवस
From Wikipedia, the free encyclopedia
प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
प्रणय दिवस | |
---|---|
![]() सन् १९०९ को प्रणय दिवससँग सम्बन्धित एक पत्र | |
वैकल्पिक नाम | सन् प्रणय दिवस |
अनुयायी | विभिन्न देशका मानिसहरू; क्याथोलिक गिर्जाघर[1] पश्चिमी इसाई परम्परा (पात्रो हेर्नुहोस्) लुथरवाद गिर्जाघर (पात्रो हेर्नुहोस्) |
प्रकार | इसाई, सांस्कृतिक, बहुराष्ट्रिय |
महत्त्व | विवाहित प्रेमी वा प्रेम सम्बन्धिमा रहेका युवायुवतीहरू एक आपसमा आफ्ना भावनाहरू व्यक्त गर्दछन् |
परिपालन | पत्र वा उपहार पठाउने, गुलाफको फूल दिने, कुराकानी गर्ने |
मिति | १४ फेब्रुअरी |
आवृत्ति | वार्षिक |