From Wikipedia, the free encyclopedia
पेद्रो सान्चेज Pedro Sánchez Pérez-Castejón (स्पेनी उच्चारण: [ˈpeðɾo ˈsaɲʧeθ ˈpeɾeθ kasteˈxon] जन्म: २९ फेब्रुअरी १९७२) २०१८ जुन यता स्पेनको प्रधानमन्त्री रहिआएका एक स्पेनिस राजनीतिज्ञ हुन्।[1][2] उनी २०१७ जुन देखि स्पेनिस सोसलिस्ट वोर्कर्स पार्टीका महासचिव पनि हुन्। उनी २०१४ देखि २०१६ मा पनि यो पार्टीको महासचिव थिए। सन् २०१४ मा स्पेनको स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
पेद्रो सान्चेज | |
---|---|
स्पेनका प्रधानमन्त्री | |
पद बहाली 1 June 2018 | |
एकाधिपति | Felipe VI |
पूर्वाधिकारी | मारियानो राखोय |
स्पेनी सोसलिस्ट पार्टी को महासचिव | |
पद बहाली 17 June 2017 | |
राष्ट्रपति | Cristina Narbona |
पूर्वाधिकारी | Caretaker committee |
कार्यकाल 26 July 2014 – 1 October 2016 | |
राष्ट्रपति | Micaela Navarro |
पूर्वाधिकारी | Alfredo Pérez Rubalcaba |
उतराधिकारी | Caretaker committee |
प्रतिपक्षी नेता | |
कार्यकाल १८ जुन २०१७ – १ जुन २०१८ | |
प्रधानमन्त्री | मारियानो राखोय |
पूर्वाधिकारी | Position vacant |
उतराधिकारी | Mariano Rajoy मारि |
कार्यकाल 26 July 2014 – 1 October 2016 | |
प्रधानमन्त्री | Mariano Rajoy |
पूर्वाधिकारी | Alfredo Pérez Rubalcaba |
उतराधिकारी | Position vacant |
Member of the Congress of Deputies | |
कार्यकाल 10 January 2013 – 29 October 2016 | |
निर्वाचन क्षेत्र | Madrid |
कार्यकाल 15 September 2009 – 27 September 2011 | |
निर्वाचन क्षेत्र | Madrid |
Member of the Madrid City Council | |
कार्यकाल 18 May 2004 – 15 September 2009 | |
व्यक्तिगत विवरण | |
जन्म | Pedro Sánchez Pérez-Castejón २९ फेब्रुअरी १९७२ Madrid, स्पेन |
राजनीतिक दल | स्पेनी सोसलिस्ट पार्टी |
जीवन साथी | Begoña Fernández (2006–present) |
सन्तान(हरू) | 2 |
निवास | Palace of Moncloa |
मातृ शिक्षाप्रतिष्ठान |
|
हस्ताक्षर | |
बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदको सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।
सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन्। संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ।
साञ्चेजले बास्क्यु नेसनलिस्ट लगायतका विभिन्न साना दलको समर्थन पाएपछि बहुमत प्राप्त गरेका हुन्। शुक्रबारको मतदानमा सान्चेजले १ सय ८० सांसदको मत पाएका थिए भने, राखोयसँग १ सय ६९ सांसदको समर्थन मात्रै रह्यो। ३ सय ५० सदस्य रहेको स्पेनी संसद्मा एक सांसद अनुपस्थित भएका थिए।
राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो। सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए। म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो।[3]
सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।
स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन्। सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ। उनलाई अरु ६ दलका सांसदहरूले समर्थन गरेका छन्।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.