From Wikipedia, the free encyclopedia
पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । ब्रिटिस पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो ।
विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ। यस समयमा सुमेरियन र मेसोपोटामियनहरूले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर सङ्ग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। [1]
नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय मदन पुरस्कार पुस्तकालय हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए । नेपाली भाषासाहित्यको सबैभन्दा ठूलो सङ्ग्रालय रहेको त्यो पुस्तकालय मदन पुरस्कार गुठीले सञ्चालनमा ल्याएको हो । त्यस पुस्तकालयलाई विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नका लागि अहिले पनि काम भइराखेको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.