पुरातनवाद
From Wikipedia, the free encyclopedia
पुरातनवाद सामाजिक विज्ञानको यस्तो विचारधारा हो जुन पारम्पारिक मान्यताहरूको अनुकरण कुनै तर्क वा वैज्ञानिक कारण भन्दा पनि केवल आस्था तथा प्रागनुभवको आधारमा गरिन्छ। यो सामाजिक, राजनीतिक र नैतिक मान्यताहरूको समूह हो जुन चिरकाल देखि प्रचलित मूल्य ,मान्यता र व्यवस्था प्रति सम्मान लाई महत्त्व दिन्छ। यो विचारधारा नयाँ र प्रयोगमा नआएका विचार र संस्थाहरूलाई नअपनाई पुरानो विचार र संस्थाहरूलाई कायम राख्न जोड दिन्छ। डेभिड ह्यूम र एडमन्ड बर्क पुरातनवादको प्रमुख विचारक मानिन्छन्। समकालीन विचारकहरूमा माइकल ओकसटलाई पुरातनवादका प्रमुख सिद्धान्तकार मानिन्छ।[1]