कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्ड वस्तुमा भएका परमाणु संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन हुँदैन ।