पानासोनिक
जापानी बहुराष्ट्रिय कम्पनी From Wikipedia, the free encyclopedia
जापानी बहुराष्ट्रिय कम्पनी From Wikipedia, the free encyclopedia
पानासोनिक निगम (パナソニック株式会社) पूर्व मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कर्पोरेसन लिमिटेड (松下電器産業株式会社)को नामले चिनिने जापानको ओसाकामा प्रधान कार्यालय रहेको एक जापानी बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी हो।[1]
मौलिक नाम | パナソニック株式会社 |
---|---|
पूर्व नाम | मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कर्पोरेसन लिमिटेड (सन् १९१८-२००८) |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | JP3866800000 |
उद्योग |
|
स्थापित | मार्च १३, १९१८ ओसाका, जापान |
स्थापनाकर्ता | कोनोसुके मात्सुसिता |
केन्द्रीय कार्यालय | कदोमा, ओसाका, जापान ३४.७४३८°N १३५.५७०१°E |
सेवा क्षेत्र | विश्वव्यापी (सन् २०२२ देखि रुस बाहेक) |
मुख्य व्यक्ति |
|
आम्दानी | ¥९.०९ खर्ब (सन् २०२२)[* 1] |
परिचालन आय | ¥९२३.७५ अर्ब (सन् २०२०)[* 1] |
¥२००.७१ अर्ब (सन् २०२०)[* 1] | |
कुल सम्पत्ति | ¥५.२२ खर्ब (सन् २०२०)[* 1] |
कुल इक्विटी | ¥३.१६ खर्ब (सन् २०२०)[* 1] |
कर्मचारी सङ्ख्या | २,७९,३८५ (सन् २०२२) |
विभाग | दक्षिण अमेरिकाको पानासोनिक निगम (अमेरिका) |
सहायक कम्पनीहरू |
|
वेबसाइट | Panasonic.com |
पद टिप्पणी / स्रोतहरू
|
पानासोनिक इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि लोकप्रिय छ। यस कम्पनीको स्थापना सन् १९१८ मा चिम अड्याउने भाँडोको (चिम सकेट) निर्माण गर्नका लागि गरिएको थियो तर अहिले आएर यो कम्पनी सोनी, हिताची, तोसिबा र क्याननसँगै जापानको चौथौ ठूलो इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी बन्न पुगेको छ। इलेक्ट्रोनिक्स उत्पादन बाहेक यस कम्पनीले गैर-इलेक्ट्रोनिक्स उत्पादनहरू र गृह नविकरणीय सेवाहरू प्रदान गर्ने गर्दछ। सन् २०१२ को बजार सर्वेक्षण अनुसार पानासोनिक संसारकै चौथौ सबैभन्दा ठूलो टेलिभिजन निर्माता कम्पनी हो।[2][3]
पानासोनिक प्राथमिक रूपमा टोक्यो स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो जो निककेइ २२५ र टोपिक्स सूचकाङ्कको एक भाग हो। यो कम्पनी नागोया स्टक एक्सचेञ्जमा पनि सूचीबद्ध भएको थियो।
सन् १९३५ देखि १ अक्टोबर, २००८ सम्म, यस कम्पनीको नाम "मात्सुसिता इलेक्ट्रिक औद्योगिक कम्पनी लिमिटेड" रहेको थियो।[4][5] सन् जनवरी १०, २००८ मा कम्पनीले यसको नाम पानासोनिक निगममा परिवर्तन गर्ने घोषण गरेको थियो र १ अक्टोबर, २००८ मा आफ्नो ब्राण्ड नाम "पानासोनिक"मा परिवर्तन गरेको थियो।[6] नाम परिवर्तनमा कम्पनीले मात्सुसिता परिवारसँगको परामर्श लिएपछि २६ जुन २००८ मा बसेको शेयरधनीहरूको बैठकमा यस नामलाई स्वीकृति दिइएको थियो।[7][8]
सन् २०२२ मा, पानासोनिकले एक पुनर्गठन योजनाको घोषणा गरेको थियो जसले कम्पनीलाई पानासोनिक होल्डिङ निगम (पूर्व पानासोनिक निगम) मा विभाजित गरेको थियो र यसका विभाजनहरूलाई सहायक कम्पनीमा रूपान्तरण गरेको थियो पुनर्गठन १ अप्रिल २०२२ मा प्रभावकारी भएको थियो।[9]
पानासोनिक सन् १९१८ मा कोनोसुके मात्सुसिताद्वारा डुप्लेक्स चिम उड्याउने उपकरण विक्रेताको रूपमा स्थापित भएको थियो।[10] सन् १९२७ मा, कम्पनीले साइकलमा प्रयोग हुने चिमहरूको उत्पादन गर्न थालेको थियो, पहिलो उत्पादन, ब्राण्ड नाम नेसनलको रूपमा बजारमा बेचिएको थियो।
दोस्रो विश्वयुद्धको बेलामा कम्पनीले जापान र एसियाका अन्य भागहरूमा कारखाना सञ्चालन गरेको थियोे। यसले मोटर्स, इस्त्री, ताररहित उपकरणहरूका साथै पहिलो भ्याकुम ट्युब जस्ता बिजुलीका सामग्री तथा उपकरणहरू उत्पादन गरेको थियोे।[11]
पानासोनिकले दोस्रो विश्व युद्धपछि साइकल, रेडियोका साथसाथै विभिन्न उपकरणहरूको आपूर्ति गर्न थालको थियो। मात्सुसिताका नातेदार, तोसियो इवीले उप-ठेकेदारको रूपमा सान्यो नामक कम्पनीको स्थापना गरेका थिए। सान्यो केही समयमै पानासोनिकको प्रतिस्पर्धी बन्न पुगेको थियो, तर पछि डिसेम्बर २००९ मा यसलाई पानासोनिकले अधिग्रहण गरेको थियो।[12]
सन् १९६१ मा, कोनोसुके मात्सुसिता संयुक्त राज्य अमेरिका गए र त्यहाँ अमेरिकी बिक्रेताहरूसँग उनको भेट भयो। तयसपछि कम्पनीले पानासोनिक ब्राण्ड नाम अन्तर्गत अमेरिकी बजारको लागि टेलिभिजन सेट उत्पादन गर्न थालेको थियो र १९७९ मा युरोपमा ब्रान्डको प्रयोगमा विस्तार गरेको थियो।[13]
कम्पनीले १९५० देखि १९७० सम्म उत्तर अमेरिका बाहिर नै राष्ट्रिय ब्रान्ड प्रयोग गरेको थियो। (यसले संयुक्त राज्यमा व्यापारी प्रतिक प्रयोग गर्न सकेन किनभने नेसनल रेडियो कम्पनीले पहिलेदेखि नै उक्त नामको प्रयोग गरेको थियो)। कम्पनीले जापान र एसियाली बजारका लागि राइस कुकर (भात पकाउने विशेष उपकरण) जस्ता घरेलू उपकरणहरूको एक शृङ्खला पनि विकास गरेको थियो। कम्पनीमा भएको तिब्र वृद्धिका कारण यसले विश्वभर कारखाना स्थापना गरेको थियोे।[14]
कम्पनीले सन् १९६५ मा ब्राण्ड टेकनिक्स नाम दिएर उच्च गुणस्तरको श्रव्य स्पिकर सार्वजनिक गरेको थियो। उच्च गुणस्तरीय स्पिकरको यो शृङ्खला विश्वव्यापी रूपमा मनपराइएको थियो। यसको सबैभन्दा प्रसिद्ध उत्पादनहरू एसएल-१२०० रेकर्ड प्लेयर, यसको उच्च प्रदर्शन, विशिष्टता र टिकाउपनका लागि प्रसिद्ध भएको थियो।
१९७० र १९८० का दशक अन्तर्गत कम्पनीले विश्वका विभिन्न बजारहरूका लागि उच्च गुणस्तरीय विद्युतीय सामग्रीहरूको उत्पादन गरेको थियो र यसले र स्टेरियो रिसिभर, सिडी प्लेयर र अन्य थुप्रै उपकरणहरू उत्पादनको शृङ्खलाको यसको सफल रेखा विकसित गरेको थियो।
सन् १९७३ मा, कोसोसुके मात्सुसिताले, अनम समूहसँग अनम राष्ट्रियका नामले एक संयुक्त उद्यम बनाएका थिए।
नोभेम्बर १९९० मा, मात्सुसिताले ६.५९ अरब अमेरिकी डलरको लागि अमेरिकी सञ्चार माध्यम कम्पनी एमसिए निगमको अधिग्रहण गरेको थियोे।[15][16] पछि मात्सुसिताले अप्रिल १९९५ मा ७ अरब अमेरिकी डलरमा सिग्राम कम्पनीको ८०% भाग एमसीएलाई बेचेका थिए।[17][18]
सन् १९९८ मा, उनले अनम राष्ट्रियलाई अनम समूहमा बेचेका थिए र पछि अनम राष्ट्रियलाई अनम इलेक्ट्रनिक्समा समायोजन गरिएको थियो।[19]
२ मे २००२ मा, कम्पनी ३५ औँ वार्सिकोत्सवमा, पानासोनिक क्यानाडाले टोरन्टो वाटर फ्रन्ट नामक ठाउँमा "सङ्गीत सहर" निर्माण गर्नका लागि सहयोग स्वरूप ५० लाख अमेरिकी डलर प्रदान गरेको थियोे।[20]
सन् २००५ मा, मात्सुसिता तोसिबा पिक्चर डिस्प्ले कम्पनी लिमिटेड (सन् २००२ मा निर्मित मात्सुसिता र तोसिबाबीचको संयुक्त उद्यम[21]) ले न्युयोर्कको हर्सहेड्समा रहेको आफ्नो कारखानामा सिआरटीको उत्पादन रोकेको थियो।[22] त्यसको एक वर्षपछि सन् २००६ मा, यसले आफ्नो मलेसियाली कारखानामा ठूलो नोक्सानी व्यहोरेपछि उत्पादन बन्द गरेको थियो।[23][24][25] सन् २००७ मा, यसले तोसिबाबाट उद्यम किनेको थियो र अन्ततः सबै उत्पादन समाप्त गरेको थियो।[26]
१९ जनवरी २००६ मा, डिजिटल टेलिभिजन उत्पादन गर्ने उद्देश्यले, पानासोनिकले अर्को महिना देखि अनुरूप टेलिभिजनको उत्पादनमा रोक लगाउने घोषणा गरेको थियो (कुल व्यापारको ३०% उत्पादन)।[27]
३ नोभेम्बर, २००८ मा, पानासोनिक र सान्योले समायोजन वार्ता गर्ने घोषण गरेका थिए जसको परिणामस्वरूप अन्ततः पानासोनिकले सान्योको अधिग्रहण गरेको थियो।[28][29] यस समायोजन डिसेम्बर २००९ मा पूरा भएको थियोे, र त्यसबाट निगमले ११.२ खर्ब (लगभग ११० अर्ब अमेरिकी डलर) राजस्वको साथमा परिणत भएको थियो।[30]
यस घोषणा साथै पायोनियर निगमले आफ्नो सहायक कम्पनी कुरोले उत्पादन गर्दे आएको प्लाज्मा एचडिटिभी डिस्प्लेको उत्पादनबाट बाहिर निस्केको थियो, पानासोनिले त्यसपछि धेरै प्याटेन्टहरू खरिद गर्यो र यी प्रविधिहरू आफ्नै प्लाज्मा डिस्प्लेमा समावेश गरेको थियोे।
अप्रिल २०११ मा, पानासोनिकले वित्तीय वर्ष २०१२ मा जोडिएका सञ्चालनको कार्यान्वयन गर्न बोलीमा ४०,००० सम्म आफ्नो कार्य बल कटौती गर्न घोषण गरेको थियो। उक्त कटौती यसको समूह कार्य बलको लगभग १० प्रतिशत रहेको थियो।[31]
अक्टोबर २०११ मा, पानासोनिकले मार्च २०१२ सम्म आमागासाकी सहरमा, प्लाज्मा टिभीहरूको उत्पादन बन्द गरेर आफ्नो टिभी व्यवसायलाई घटाउने घोषण गरेको थियो। प्रक्रियामा यसले १,००० कर्मचारीहरू बर्खास्त गरेको थियोे।[32]
जनवरी २०१२ मा, पानासोनिकले माइस्पेस (अमेरिकी सामाजिक सञ्जाल सेवा) सँग नयाँ उद्यम, माइस्पेस टिभीमा एक सम्झौता गरेको थियो।[33] माइस्पेस टिभीले ल्यापटप, ट्याब्लेट वा टेलिभिजनमा प्रयोगकर्ताहरूसँग कुरा गर्दै गर्दा प्रत्यक्ष टिभी हेर्ने अनुमति दिन्छ। साझेदारीका साथ, माइस्पेस टिभी पानासोनिक भिएरा टेलीभिजनमा एकीकृत भएको थियो।[34]
११ मे २०१२ मा, पानासोनिकले भारतमा आधारित एक पुर्वाधार सुरक्षा र सुरक्षा समाधान कम्पनी, जसले आगो विरोधी विभिन्न कामहरू जस्तै फायर अलार्म, अग्नीशमन, भिडियो निगरानी र भवन प्रबन्धन जस्ता कार्यहरू सञ्चालन गर्ने कम्पनी, फायर प्रो प्रणालीको ७६.२% भाग अधिग्रहण गर्ने योजना सार्वजनिक गरेको थियो।[35]
कम्पनी ७६५ अर्ब येनको शुद्ध घाटा पर्ने भनिएको भविष्यवाणीका साथमा, ५ नोभेम्बर २०१२ मा कम्पनी सेयरमा फेब्रुअरी १९७५ पछिको भन्दा पनि कम, ३८८ यन सम्म निम्नस्तर रूपमा घटेको थियो। सन् २०१२ मै, यसको सेयर ४१ प्रतिशतले घटेको थियो।[36] १४ नोभेम्बर, २०१२ मा, पानासोनिकले १०,००० रोजगार कटौती गरिने र केहि लगानी फिर्ता गरिने घोषण गरेको थियो।[37]
१८ मे २०१३ मा, पानासोनिकले भियतनाममा, एक कारखानाको निर्माणमा ४० मिलियन अमेरिकी डलर लगानी गरेको थियोे जुन २०१४ मा पूरा भएको थियोे।[38]
जुलाई २०१३ मा, पानासोनिकले १० मिलियन युरोमा, स्लोभेनियाली घरेलु उपकरण निर्माता कम्पनी गोरेनजको १३% भाग अधिग्रहण गर्ने सम्झौता गरेको थियो।[39]
उक्त घोषणा पछि एक प्रेस विज्ञप्तिमा, क्लाउडमा आधारित समाधानमा यसको पहुँचको विस्तार गर्ने अभिप्रायले यसले "क्यामेरा प्रबन्ध भिडियो निगरानी सेवा" को अधिग्रहण गरेको थियो।[40]
जुलाई २०१४ मा, पानासोनिकले गिगाफ्याक्ट्री (एक लिथियम आयन ब्याट्री र नेभाडा नजिकै रहेको बिजुली सवारी साधन उपसाला कारखाना)मा भाग लिन टेस्ला मोटर्ससँग एक सम्झौता नजिक पुगेको थियो।[41] अगस्ट २०१४ मा, टेस्लाले कम्पनीको निर्माण सन् २०२० सम्म दक्षिण पश्चिम वा पश्चिमी संयुक्त राज्य अमेरिकामा गरिसक्ने बताएको थियो। ५ बिलियन लागतमा बनाइने उक्त कम्पनीमा ६,५०० कामदारहरू रहने छन्, र टेस्लाको ब्याट्रीमा लागने लागतमा ३० प्रतिशतले घटाउनेछ। कम्पनीले यसलाई विस्तार गर्नका लागि, एरिजोना, टेक्सस, न्यु मेक्सिको र क्यालिफोर्नियाका लगायतका सहरहरूमा संभावित ठाउँ खेजिरहेको छ।[42]
अक्टोबर २०१४ मा, पानासोनिकले कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार "टेस्ला मोटर ब्याट्री कारखानामा यसको प्रारम्भिक लगानी १० अरब यन लाग्ने घोषण गरेका थिए।[43]
जनवरी २०१५ मा, पानासोनिकले चीनमा टेलिभिजन बनाउन रोक्न र शेण्डोङमा यसको संयुक्त उद्यमको रूपमा रहेको कारोबार बन्द गर्ने योजना सार्वजनिक गरेको थियो।[44]
मार्च २०१५ मा, पानासोनिकले हस्टनमा आधारित उपग्रह सञ्चार सेवा प्रदायक आइटिसी ग्लोबल खरिद गर्ने योजना घोषणा गरेको थियो।[45]
अप्रिल २०१५ मा, पनासोनिकले दक्षिण अफ्रिकामा आफ्नो नयाँ उत्पादन ब्रान्ड पुन: प्रस्तुत गरेको थियोे। कम्पनी पहिलो चरणमा दक्षिण अफ्रिका मार्फत अरू अफ्रिकी मुलुकहरू, नाइजेरिया र इजिप्टमा उत्पादन बेचेको थियो।[46]
जुन २०१५ मा, पानासोनिकले यसको गृहमा आधारित ब्याट्री भण्डारण विकल्प परीक्षण गर्नको लागि तीन अस्ट्रेलियाली ऊर्जा पेय पदार्थ उत्पादक (रेड एनर्जी, एर्गोन एनर्जी र अक्टेगल)सँग सम्झौता गरेको थियो।[47]
नोभेम्बर २०१५ मा, पानासोनिक निगमले आफ्नो सहायक कम्पनी पानासोनिक पारिस्थितिकी प्रणाली कम्पनी लिमिटेडको माध्यमले एक नयाँ प्रकारको उत्प्रेरक लेपित डिजल कण फिल्टर (डिपीएफ), चीनको एक सहर सुझौमा निर्माण गरिने घोषण गरेको थियोे।[48]
नोभेम्बर २०१५ मा, पानासोनिक निगमले देशमा पहिलो इजाजतपत्र प्राप्त तरकारी खेती आफ्नै प्रविधिको उपयोग गरेर सुरु गरेको थियो।[49]
फेब्रुअरी २०१६ मा, पानासोनिक र डेनभर सहरले, संयुक्त राज्य अमेरिकामा यस सहरलाई सबैभन्दा उत्कृष्ट सहर बनाउन एक औपचारिक साझेदारी गरेको थियोे। अमेरिकाको पानासोनिक निगमका अध्यक्ष र कार्यकारी अधिकृत जोसेफ एम टेलरले चार प्रमुख क्षेत्रमा साझेदारीको लागि योजना बनाएका थिए जसमा स्मार्ट आवास र साना कार्यालय, ऊर्जा र उपयोगिता, यातायात र सहर सेवाहरू र स्मार्ट भवनहरू निर्माण गरिने योजना अघि सारेका थिए।[50]
चीनबाट बढेको प्रतिस्पर्धाको कारण, पानासोनिकको एलआइओएन (ब्याट्री निर्माता) बजार साझेदारी २०१४ मा ४७%बाट २०१५ मा ३४% घटेको थियो।[51] जुन २०१६ मा, टेस्ला मोटर्स, निगमले पानासोनिक निगम यसको सामूहिक बजारमा सवारी साधन मोडेलको लागि आधिकारिक ब्याट्री आपूर्तिकर्ता हुने घोषण गरेको थियो।[52] सन् २०१६ को शुरूमा पानासोनिकका अध्यक्ष कजुहिरो सुगाले कम्पनी द्वारा लगभग १.६ अर्ब अमेरिकी डलरको एक योजना बनाई कुल निवेशको पुष्टिको लागि गिगाफ्याक्ट्री पुरा क्षमताको निर्माणको लागि लगानी गरिने निर्णय सार्वजनिक गरेका थिए।[53]
सन् २०१६ मा, यसले पारदर्शी टेलिभिजन बजार ल्याएको थियो।[54]
२५ सेप्टेम्बर २०१८ मा, पानासोनिक एल-माउन्टको संस्थापक सदस्य बनेको थियो।[55]
सन् २०१९ मा पानासोनिकले आफ्नो अर्धचालक र सुरक्षा प्रणाली (सेक्युरिटी क्यामेरा) व्यवसाय बिक्री गरेको थियो।[56][57][58]
कम्पनीले सन् २०२१ सम्ममा एलसिडी प्यानल व्यवसायबाट पूर्ण रूपमा बाहिरिने निर्णय गरेको थियो। यसको प्रदर्शन उत्पादनको अन्त्यलाई चिह्नित गर्दै, मोटर वाहन र औद्योगिक व्यवसायहरूमा यसको संसाधनहरू केन्द्रित गर्नका लागि यसो गरिएको कम्पनी जनाएको थियो।[59]
सन् २०२० मा, पानासोनिकले मुनाफा हासिल गर्न असफल भएपछि भेन्डिङ मेसिन व्यवसायबाट पनि बाहिरिएको थियो।[60]
जनवरी २०२१ मा, कम्पनीले यसको सौर्य पाता उत्पादन बन्द गर्ने घोषणा गरेको थियो।[61]
जुन २०२१ मा, पानासोनिकले सम्पूर्ण सेयर ३.६ अर्ब अमेरिकी डलरमा टेस्लालाई बेचेको थियो।[62]
३१ मार्च, २०१२ सम्म, पानासोनिकमा लगभग ३,३०,००० कर्मचारीहरूलाई रोजगारी दिएको थियो र जहाँ यसका लगभग ५८० वटा सहायक कम्पनीहरू रहेका थिए।[63] २०१२ मा कम्पनी ७,८४६,२१७ मिलियन यनको कुल राजस्व रहेको थियो, जसमा ५३ प्रतिशत जापानमा उत्पन्न भएको थियो, एसियामा २५ प्रतिशत एसिया (जापानलाई छोडेर), अमेरिकामा १२ प्रतिशत र युरोपमा १० प्रतिशत गरी राजस्वहरू सङ्कलन भएको थियो।[63]
पानासोनिकले सन् २०१२ मा त्यस वर्षको यसको ६.६ प्रतिशत राजस्वको बराबर अनुसन्धान र विकासमा कुल ५२०,२१६ मिलियन यन लगानी गरेको थियो।[63] मार्च ३१, २०१२ का अनुसार, पानासोनिकले विश्वभरि १४०,१४६ एकश्व राखेको थियोे।[63]
जुलाई २०१६ मा, पानासोनिकले कृत्रिम बुद्धिमत्ता र यन्त्र शिक्षणमा अधिग्रहण गर्ने भएको थियो। एक स्रोत अनुसार, कम्पनीले अधिग्रहण वा संयुक्त उद्यममा प्रयोगको लागि १० मिलियन डलर छुट्याएको थियो।[64]
पानासोनिक मोटर सवारी साधन प्रणाली एक मूल उपकरण निर्माता हो जसले मोबाइल अडियो उपकरणहरू जस्तै हेडफोन, स्पिकर आदि उत्पादन गर्दछ। यसको १२ अर्ब अमेरिकी डलरको राजस्व रहेको छ।[65]
पानासोनिक उड्डयन निगम, उत्तर अमेरिकाको पानासोनिक निगमको एक सहायक कम्पनी, उडान मनोरञ्जन र सञ्चार प्रणालीको आपूर्तिकर्ता हो।[66] यसको मुख्यालय लेक फरेस्ट, क्यालिफोर्नियामा अवस्थित छ जहाँ इन्जिनियरिङ, विकास र परीक्षणका कार्यहरू गरिन्छ। पानासोनिक उड्डयन निगमले लन्डन, टुलूस, ह्यामबर्ग, डालस, दुबई र सिङ्गापुरमा प्रमुख सुविधाहरूका साथ विश्वभर ७० भन्दा धेरै स्थानहरूमा लगभग ३,३०० कर्मचारीहरूले काम गर्दछन्।[67]
फेब्रुअरी २०१७ मा, पानासोनिकलाई विदेशी भ्रष्ट व्यवहार ऐन अन्तर्गत अमेरिकी प्राधिकरणले अनुसन्धान गरेको थियो।
पानासोनिक मोबाइल सञ्चारले मोबाइल फोन हेडसेट र सम्बन्धित उपकरणहरू निर्माण गर्दछ। सन् २०१२ सम्म, यो जापानी मोबाइल बजारको लगभग २० प्रतिशत बजार साझेदारी गरेको थियो।[68] पानासोनिकले विश्व भरमा मोबाइल फोन हेडसेट बिक्री गर्दै आएको थियो, तर डिसेम्बर २००५ मा विदेशी बजारहरूमा न्यून बिक्री भएका कारण यसले फिर्ताको घोषणा गरेको थियो। पानासोनिक इलुगा एन्ड्रोइड सञ्चालित स्मार्टफोनको सार्वजनिक सँगै सन् २०१२ मा यो विदेशी बजारमा पुन फर्किएको थियो। जुलाई २०१३ मा, पानासोनिकले एनटिटि डोकोमो इङ्कको लागि स्मार्टफोनको नयाँ मोडेलको आपूर्ति नगर्ने घोषणा गरेको थियो किनकी एनटिटी डोकोमोले, सोनी र सामसङ उत्पादनहरूसँग ध्यान केन्द्रित गरेको थियो। आर्थिक वर्ष २०१३ मा, पानासोनिक मोबाइल सञ्चार ५.४ बिलियन यन सञ्चालन हानिको अग्रिम भुक्तानी गरेको थियो।[69]
जुलाई २०१३ देखि जनवरी २०१८ सम्म पानासोनिक भारतले इलुगा शृङ्खलाका साथ एक एन्ड्रोइड स्मार्टफोन पानासोनिक पी शृङ्खला जारी गरेको थियो।
उत्तर अमेरिकाको पानासोनिक निगम, संयुक्त राज्य अमेरिकामा पानासोनिक मुख्य सहायक कम्पनी हो। यो १९८० को दशक देखि मुख्यालय न्युजर्सीको नेवार्कमा रहेको थियो र २०१३ पछि सेकाउकसमा रहेको छ जुन दुवै न्यूजर्सीको गेटवे क्षेत्र भित्र रहेका छन्। [70]
सेप्टेम्बर १९५९ मा मेटलाइफ बिल्डिङ्गमा न्यूयर्क सहरमा स्थापित यो कम्पनी २००५ भन्दा पहिले अमेरिकाको मात्सुसिता इलेक्ट्रिक कर्पोरेसन कम्पनीको रूपमा चिनिन्छ।
पानासोनिकको युरोपमा मुख्य सहायक, पानासोनिक युरोप लिमिटेड[71] र पानासोनिक मार्केटिङ युरोप जिएमबिएच हो।[72] पानासोनिक युरोपको मुख्यालय लन्डन, इङ्गल्याण्डमा रहेको थियो, तर यो यसको मुख्यालय संयुक्त अधिराज्य युरोपेली सङ्घबाट निस्किएका कारण एम्स्टर्डम, नेदरल्यान्ड सारिएको थियो। [73]
पानासोनिक युरोपमा लगभग १२,००० कर्मचारीहरू कार्यरत रहेका छन्, र यो क्षेत्रमा यसको कुल आयको लगभग १० प्रतिशत उत्पन्न गर्दछ।[74][75] सन् २०१२ मा, पानासोनिक युरोपमा उपभोक्ता इलेक्ट्रनिक्स बजारको लगभग १० प्रतिशत साझेदारी गरेको थियो। सामसुङ इलेक्ट्रनिक्स (२६ प्रतिशत) र एलजी इलेक्ट्रनिक्स (१२ प्रतिशत) पछिको यो बजार साझेदारीको अनुसार तेस्रो ठूलो कम्पनी रहेको थियो।[74]
डाइजो इटो, क्षेत्रीय मुख्यालय भारत (हरियाणामा अवस्थित) पानासोनिक भारत प्रालीका अध्यक्षको रूपमा सेवा दिइरहेका छन्। भारतीय बजारको लागि पानासोनिक भारतले धुलाई यन्त्र, रेफ्रिजरेटर, राइस कुकर (भात पकाउने विद्युतीय यन्त्र), ईस्त्री, मिक्सर-ग्रिन्डर्स / ब्ल्लेन्डर्स र अन्य गृह उपकरणहरू बनाउँदछ। [76]
एन्चोर इलेक्ट्रिक्स निजी लि, एक भारतीय कम्पनी जो बिद्धुतिय बत्ती, स्विच, सकेट र अन्य बिजुली को सामान बनाउँदछ जुन पानासोनिक निगमको एक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।
पीटी पानासोनिक गोबल इन्डोनेसिया (पहिला पीटी नेशनल गोबल इन्डोनेसियाको रूपमा जानिने) कम्पनी इन्डोनेसिया विभाजनको नाम पूर्वी जकार्तामा आधारित छ। पानासोनिक गोबेल इन्डोनेसिया पानासोनिक निगम जापान र इन्डोनेसियाको गोबल समूहको बीच एक संयुक्त उद्यम हो।
मात्युसिताले अमेरिकी मिडिया कम्पनी एमसिए निगमलाई ६.६ अरब डलरमा खरीद गरेका थियो।[77][78] सन् १९९५ मा, यसले क्यानडेली पेय कम्पनी सेग्राममा एमसिएको सेयरहरूको ८०% बेचेको थियो।[79] एमसिए सन् १९९६ मा युनिभरसल स्टुडियोमा नामकरण गरिएको थियो।[80][81][82] यसको सङ्गीत प्रभागलाई युनिभरसल सङ्गीत समूहको रूपमा नामकरण गरिएको थियोे।
युनिभरसल स्टुडियो हाल एनबिसी युनिभर्सलको एक इकाई हो, जुन हाल फिलाडेल्फिया आधारित कमकास्ट कम्पनीको स्वामित्व रहेको छ। युनिभर्सल सङ्गीत समुह हाल फ्रान्सको मिडिया कम्पनी भिभेन्दीको स्वामित्वमा रहेको छ।[83]
पानासोनिक गोल्डस्टार र सान्यो सँग ३ डी ओ गेम प्रणालीहरूको निर्माण गरेको थियो तर ३ वर्ष पछि सफलता हासिल नगरे पछि यो सेवा रोकिएको थियो। यसले सन् १९९३ देखि १९९६ सम्म २० लाख प्रणालीहरू बेचेको थियो, यद्यपि प्रत्येक निर्माताहरूले कति बेचेको थियोे भन्ने कुरा अज्ञात रहेको थियो।
पानासोनिक सन् १९५७ देखि अर्घचालक उद्योगमा कार्यरत थियो[84] जहाँ यसले सिलिकन ट्रान्जिस्टर र बाइपोलर आइसीको ठूलो उत्पादन सुरु गरेको थियो। सन् २०१२ देखि कम्पनीले व्यवसायको उत्पादकत्व बढाउनका लागि धेरै उपायहरू लागू गरेको थियो, जसमा यसको उत्पादन सुविधाहरू टावरजज नामक इजरायली कम्पनीको साथ संयुक्त उद्यममा स्थानान्तरण गरिएको थियो।[85]
सन् २०१९ मा, पानासोनिकले आफ्नो बाँकी चिप व्यवसाय र टावरजजसँगको संयुक्त उद्यमको भमग नुभोटनलाई भारी घाटापछि बेच्ने निर्णय गरेको थियो।[56]
पानासोनिकले फ्रिज, वासिङ् मेसिन,(कपडा धुने विद्युतीय उपकरण) कम्प्रेसर, बत्ती, टेलिभिजन, व्यक्तिगत कम्प्युटर, मोबाइल फोन, अडियो उपकरण, क्यामरा, प्रसारण उपकरण, प्रोजेक्टर, मोटर सवारी साधन इलेक्ट्रोनिक्स, उडान मनोरञ्जन प्रणाली सहित उत्पादनहरूको एक विस्तृत शृङ्खला प्रदान गर्दछ।[86] यसले अर्धचालकहरू, लिथियम ब्याट्री, विद्युतीय उपकरण, साइकल, इलेक्ट्रोनिक सामग्रीहरू पनि उत्पादन गर्दछ।
पानासोनिक निगमले पानासोनिक ब्रान्ड अन्तर्गत विश्वव्यापी रूपमा आफ्नो सबै उत्पादन र सेवाहरू बेचेको थियो।[87] कम्पनीले यसको इतिहासमा अन्य ब्रान्ड नामका साथ आफ्नो उत्पादहरू बेचेको थियो।
सन् १९२७ मा कम्पनी संस्थापकले नयाँ बत्तीका उत्पादनहरूका लागि "नेसनल" (ナショナル) राखेका थिए।[88] सन् १९५५ मा, कम्पनीले "पानासोनिक"को रूपमा जापान बाहिरका बजारहरूमा अडियो स्पिकर र बत्ती वितरण गर्न थालेको थियो, जसमा यसले पहिलो पटक "पानासोनिक" ब्रान्ड नाम सेवा दिएको थियो। कम्पनीले अडियो उपकरणको लागि सन् १९६५ मा ब्रान्ड नाम "टेक्निक्स" (テクニクス) प्रयोग गरेको थियो। मल्टिपल ब्रान्डको प्रयोग केही दशकहरूमा लागु भएको थियो।[89]
मे २००३ मा, कम्पनीले "पानासोनिक" लाई विश्वव्यापी ब्रान्ड बनाउने, र विश्वव्यापी ट्यागलाइन "पानासोनिक आइडियाज फर लाइफ" (नेपालीमा अनुवाद - जिवनका लागि पानासोनिकका विचारहरू) ल्याउन थाल्यो।[90]
कम्पनीले यसको ब्रान्ड "पानासोनिक" लाई एकताबद्ध गर्न थाल्यो र, मार्च २००४ सम्म जापानमा बाहेक, उत्पादन र बाहिरका देशहरूमा साइनबोर्डहरूको लागि "नेशनल" प्रतिस्थापित गरेको थियो। सेप्टेम्बर २०१३ मा, कम्पनीले आफ्नो पुरानो ट्यागलाइनको पुनरुत्थानको घोषणा गरेको थियो जसमा यसले "ए बेटर लाइफ, ए बेटर वल्ड" (नेपालीमा अनुवाद - एक राम्रो जीवन, एक राम्रो संसार) मा परिवर्तन गरेको थियो।[91]
रासोनिक सन हिङ् इलेक्ट्रिक वर्क्स एन्ड इन्जिनियरिङ् कम्पनी लिमिटेडको (信興電工工程有限公司) एक ब्रान्ड नाम हो। जसले पानासोनिकको औधोगिक युग देखिनै पानासोनिक र नेशनलका उत्पादनहरू आयात गर्दछ। जून १९९४ मा, पानासोनिक शुन हिङ औद्योगिक उपकरण बिक्री (हङकङ) कम्पनी लिमिटेड (松下信興機電(香港)有限公司) र पानासोनिक एसएच औद्योगिक बिक्री (शेन्जेन) कम्पनी लिमिटेड (松下電器機電(深圳)有限公司) क्रमशः मात्सुसिता इलेक्ट्रिक औद्योगिक र शानहङ समूह बीच संयुक्त उद्यमद्वारा स्थापित गरिएको थियो।[92][93] जसले गर्दा रासोनिकलाई, मात्सुसिता र पछिल्ला पानासोनिक निगमको लागि एक उत्पादन ब्रान्ड बनाउँदछ।
सेप्टेम्बर २०१४ मा पानासोनिकद्वारा, रासोनिकले टेक्निक्स ब्रान्ड प्राप्त गराइदिने घोषण गरेको थियो।[94]
पानासोनिकले जर्मन फुटबल खेलाडी मार्को रोयस को प्रायोजन गरेको छ, जुन बुन्डेसलिगाको क्लब बोरूसिया डर्टमन्ड र जर्मनी को लागि खेल्दछन्।[95]
पानासोनिक, मुख्य जापानी व्यावसायिक फुटबल लिग जे लिगको एक क्लब, गम्बा ओसाकाको मालिक हो।[96]
पानासोनिक मेजर लिग सकर र एएफसी च्याम्पियन्स लिगको एक आधिकारिक साझेदार र प्रायोजक हो।[97]
१९८१ र १९८३ को बीचमा, पानासोनिकले अङ्ग्रेजी फुटबल क्लब नटिङ्घाम फरेस्टको पहिरनको प्रायोजक थियो।
१६ जनवरी, २०१० मा, पानासोनिकले भारत राष्ट्रिय फुटबल टोलीका लागि एक तीन वर्ष सम्म ४.७ करोड भारूमा जर्सीको प्रायोजनको लागि सम्झौतामा हस्ताक्षर गरेको थियो।[98]
पानासोनिक टोयोटाको स्वामित्वमा रहेको फर्मुला वान कार्यक्रम, पानासोनिक टोयोटा रेसिङको एक प्रमुख प्रायोजक रहेको थियो।[99] कम्पनीको संस्थापकका नाति हिरो मात्सुसिता, एक पूर्व प्रतिगोगिताका कार चालक हुन् जसले कम्पनीको लागि प्रायोजन व्यवस्थाको निगरानी गर्ने कम्पनी चलाएका थिए।
पानासोनिकले सन् २००५ मा नेशनल एसोसिएशन स्टक कार ओटो रेसिङका, व्रुच सेरीज नामक प्रतियोगिताको एक प्रायोजक थियो। पानासोनिक हेन्ड्रिक मोटरस्पोर्ट्स साथ प्रविधि पार्टनर बनेको थियो।[100] सन् १९८८ मा सोल ओलम्पिकबाट पानासोनिक ओलम्पिक खेलहरूको शीर्ष स्तर प्रायोजक रहेको छ।[101]
पानासोनिक टेक्निक्ससँग सन् १९७५ देखि १९८९ सम्म बोस्टन सेल्टिक्स को आधिकारिक साझेदार र प्रायोजक रहेको थियो। विभिन्न पानासोनिक विज्ञापनहरू १९८० को दशक मा पुरानो बोस्टन गार्डेनमा देखाइन्थ्यो।[102]
८ सेप्टेम्बर, २०१६ मा, पानासोनिक नयाँ जागुआर फरमुला ई टिमको लागि प्रायोजकको रूपमा अनावरण गरिएको थियो।[103]
१४ फेब्रुअरी, २०१७ मा, पानासोनिकले इटालीको सबैभन्दा उच्च व्यावसायिक बास्केटबाल लिग, लेगा बास्केटबल सेरिए आको मुख्य प्रायोजकको रूपमा सेवा गरेको थियो।[104]
पानासोनिक ग्रिनपिसको, गाइड टु ग्रिनर इलेक्ट्रनिक्समा संयुक्त रूपमा १६ मा ११औँ स्थानमा परेको थियो। उक्त गैरसरकारी संस्थाले वातावरणमा कम्पनीहरूले पारेको प्रभाव घटाउन नीति र प्रथाहरूमा जोड दिन्छ र इलेक्ट्रोनिक निर्माताहरूलाई वातावरण मैत्री सामग्रीहरू उत्पादन र उनीहरूको सञ्चालनमा अधिक स्थायी बनाउँनमा मद्दत गर्दछ।[105]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.