पाथीभरा देवी (ताप्लेजुङ)
हिन्दू देवीको मन्दिर / From Wikipedia, the free encyclopedia
पाथीभरा (लिम्बु: मुकुम्लुङ) ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । तत्पश्चात पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । [1] यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई " मुकुम्लुङ " भनेर चिन्दछन । लिम्बू भाषामा "मुकुुम"को अर्थ शक्ति वा बल, "लुङ"को अर्थ ढुंगा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन ।