नारायणी नगरपालिका
From Wikipedia, the free encyclopedia
नारायणी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो।[2][3] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर नारायणी नगरपालिका घोषणा गरिएको थियो।[3][4] नारायणी नगरपालिकाको केन्द्रभने साविकको शुक्रनगर गाविसको देविस्थान बजारमा रहको थियो।[2] नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ साल फागुन २७ गतेको निर्णयले यस साविकको भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका , चित्रवन नगरपालिका र कविलास गाविस थप गरि भरतपुर महानगरपालिकामा स्तरोन्नती गरेको थियो।[5]
छरितो तथ्यहरू नारायणी नगरपालिका, देश ...
नारायणी नगरपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | बागमती |
जिल्ला | चितवन जिल्ला |
स्थापना | मङ्सिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | ७२.६ किमी२ (२८�० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,९०७ |
• घनत्व | ५५०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५६ |
वेबसाइट | www.narayanimun.gov.np |
बन्द गर्नुहोस्