From Wikipedia, the free encyclopedia
नारायणप्रसाद दाहाल नेपाली राजनीतिज्ञ तथा नेपालको राष्ट्रिय सभाको अध्यक्ष हुन् । उनी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल का भाइ (काकाका छोरा) हुन् ।[1]
नारायणप्रसाद दाहाल | |
---|---|
राष्ट्रिय सभाको अध्यक्ष | |
पद बहाली २०८०/११/२८ | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
सहायक | उर्मिला अर्याल |
पूर्वाधिकारी | गणेशप्रसाद तिमिल्सिना |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) |
दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २५, २०७८ मा चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी । सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् । रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।
फाल्गुन २९, २०८० मा राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भए। २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.