From Wikipedia, the free encyclopedia
नाजिब रजाक[1] (जन्म :- २३ जुलाई, १९५३) मलेशियाका एक राजनीतिज्ञ हुन् । जो सन् २००९ देखि सन् २०१८ सम्म मलेशियाका छैटौ प्रधान्मत्रीका रूपमा रहेका थिए । नाजिब रजाकलाइ सन् २०१८ जुलाई ३ मा मलेशियन विरोधी भ्रष्टाचार आयोग (MACC) द्वारा गिरफ्तार गरियो ।[2] उनी संयुक्त मलेशिया नेशनल सङ्गठन (यूएमएनओ), मलेशियाको बारिसन नसिनल(बीएन)का पुर्व अध्यक्ष थिए । जसले मलेसियाको सरकारको ६० वर्ष भन्दा धेरै वर्षसम्म संसदीय बहुमतको रूपमा नियन्त्रण गरेको थियो जुन सन् २०१८ को आम चुनावमा गठित गठबन्धन सम्म रह्यो ।[3][4][5]
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नाजिब रजाक | |
---|---|
मलेशियाका छैटौ(६) प्रधानमन्त्री | |
कार्यकाल ३ अप्रिल २००९ – १० मे २०१८ | |
पूर्वाधिकारी | अब्दुल्लाह अहमद बदावी |
उतराधिकारी | महाथीर मोहम्मद |
हस्ताक्षर | |
नाजिब रजाकको जन्म २३ जूलाई १९५३ मा पहाङ राज्य सचिवको आधिकारिक निवास बुकिट बायोस,[6] कुआ लिपिस, पहाङमा भएको थियो । नजिब मलेसियाको दोस्रो प्रधानमन्त्री अब्दुल रजाकका ६ छोराहरू मध्ये सबै भन्दा ठुला हुन् भने, तेस्रो प्रधानमन्त्री हुसैन ओनका भतीजा । उनको सानो भाइ, डटो 'सेरि मोहम्मद नजीज अब्दुल रजाक[7] देशको दोस्रो सबैभन्दा ठूलो ऋणदाता, बुमिपुत्र कमर्स होल्डिंग्स चलाउँछन् ।[8] पहाङ दारुल मकमुर (रोयल कोर्ट) का चार महान व्यक्ति मध्ये नाजिब पनि एक हुन्, जो उत्तराधिकारीका रूपमा ओरंगकाया इन्देरा शाहबर्नरका पदवी दिने गरिन्छ । उनले आफ्नो प्राथमिक तथा माध्यमिक शिक्षा सेन्ट जोहन्स संस्था क्वालालम्पुरमबाट प्राप्त गरेका हुन् । पछी उनले मल्वेरन कलेजमा भाग लिए र तत् पश्चात उनले नाटिघम बिश्वबिध्यालय गए जहाँ उनले सन् १९७४ मा औद्योगिक अर्थशास्त्र मा स्नातक डिग्री हासिल गरेका थिए । नाजिब रजाक सन् १९७४ मा मलेशिया फर्किए र ब्यापारी दुनियाको सेवा नबारा मलेशिया बैङ्क र पछि पेट्रोनास (मलेसियाको राष्ट्रिय तेल कम्पनी) सँग सार्वजनिक मामिला प्रबन्धकको रूपमा कार्य गरे ।[9]
सन् १९७६ मा नाजिबले तेंकु पुटेरी जाईनाह तेंकु एस्केन्डर ('कुई यी') सँग विवाह गरे जसबाट उहाँ का तीन जना छोराछोरी छन्: मोहम्मद निजार (जन्म:- सन् १९७८), मोहम्मद नाजिफुद्दीन नजिब र पुटेरी नोर्लिस नजिब । सन् १९८६ मा तिनले कुई यीसँग पारपाचुके गरे र डटिन सेरी रोसमाहसँग बिबाह गरे, तिनबाट दुइ वटा सन्तान जन्मिए : मोहम्मद नोरश्मन नाजिब र नूरयाना नाजवा नाजिब । उनकी छोरी नूरयानाले काजीकस्थानी राष्ट्रपतिका भतिजा नुरसुन्तान नाजारबएसँग बिबाह गरिन ।[10][11]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.