आयरल्यान्डका पप गायक From Wikipedia, the free encyclopedia
नाइअल जेम्स होरन (अङ्ग्रेजी: Niall James Horan, जन्म:१३ सेप्टेम्बर १९९३)[1] आयरल्यान्डका गायक तथा गीतकार हुन्। उनी बेलायती युवा साङ्गीतिक समूह वन डाइरेक्सनको सदस्य भएपश्चात् चर्चामा आएका थिए। सन् २०१० मा होरनले बेलायती गायन प्रतियोगिता "द एक्स फ्याक्टर" को पाँचौँ संस्करणमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र जेन मलिक, लियाम पेन, ह्यारी स्टाईल्स र लुई टम्लिन्सनका साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वन डाइरेक्सन राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।
नाइअल होरन | |
---|---|
जन्म | नाइअल जेम्स होरन १३ सेप्टेम्बर १९९३ मुलिङ्गर, वेस्टमिथ, आयरल्यान्ड |
पेशा |
|
कार्यकाल | सन् २०१०–हाल |
जम्मा सम्पति | $७ करोड |
साङ्गीतिक जीवन | |
विधा |
|
लेबल |
|
सहयोगी | वन डाइरेक्सन |
वेबसाइट | niallhoran |
सन् २०१६ मा भएको उक्त साङ्गीतिक समूहको अनिश्चितकालीन निष्क्रियता पश्चात्, होरनले क्यापिटल रेकर्ड्सका साथ रेकर्डिङ सम्झौता हस्ताक्षर गरेका थिए। सन् २०१७ मा, उनको प्रदापण गिती सङ्गालो फ्लिकरमा समावेश गीत "दिस टाउन" र "स्लो हेन्ड्स" विभिन्न देशहरूको चार्टमा २०औँ स्थानमा पर्न सफल भएको थियो। उक्त गिती सङ्गालो आयरल्यान्ड र संयुक्त राज्य अमेरिकामा शीर्ष स्थानका पुगेको थियो भने यस गिती सङ्गालो बेलायत र अस्ट्रेलियामा शीर्ष ३ मा पुगेको थियो। उनले फ्लिकरका प्रबर्द्धन गर्नका लागि विश्व भ्रमण पनि गरेका थिए। होरनको दोस्रो गिती सङ्गालो हर्टब्रेक वेदर १३ मार्च २०२० मा, जारी गरिएको थियो र यसले संयुक्त राज्य अमेरिकामा चौथो स्थानका साथै बेलायत, आयरल्यान्ड र मेखिकोमा शीर्ष स्थान ओगट्न सफल भएको थियो।[2]
नाइअल जेम्स होरनको जन्म १३ सेप्टेम्बर १९९३ मा, आयरल्यान्डको मुलिङ्गर, वेस्टमिथमा जन्मिएका थिए। उनका एक दाजु ग्रेग होरन छन्।[3] उनका बुबा बबी होरन र आमा मउरा ग्यालघरले उनी ५ वर्षको हुँदा सम्बन्ध विच्छेद गरेका थिए। उनी त्यस पश्चात् उनका दाजु ग्रेग र उनी उनकी आमाका साथ रहेका थिए। बुबासँग अलग्गिएर उनीहरू केही वर्षका लागि बसेका थिए र पछि, उनीहरूले उनको साथ सँगै बस्ने निर्णय गरेका थिए।[4] बाल्यवस्थामा उनलाई दम भएको थियो।[5] उनले मुलिङ्गरका दुईवटा विद्यालयहरूमा पठनपाठन गरेका थिए।
बाल्यकालमा उनले उनका दाजुले क्रिसमसको उपलक्ष्यमा प्राप्त गरेको गितार बजाउने प्रयास गरेका थिए तथापि उनले यसलाई बजाउन असफल रहेका थिए। होरनले ११ वर्षको उमेरमा विभिन्न श्रव्य दृश्यहरूको सहायताबाट गितार बजाउन सिकेका थिए। उनकी काकीले उनको प्रतिभाको मध्यनजर गर्दै उनलाई गीत गाउन लगाएकी थिइन्। किशोरावस्थामा, मुलिङ्गरको एक फुटबल क्लबको लागि कोष सङ्कलन गर्ने उद्देशका साथ उनले मुलिङ्गरको कला केन्द्रमा प्रस्तुति दिएका थिए।[6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.