दोहा
कतारको राजधानी र सबैभन्दा ठूलो शहर / From Wikipedia, the free encyclopedia
दोहा (अरबी: الدوحة) कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।[1]
छरितो तथ्यहरू दोहा, कतार الدوحةad-Dawḥa, देश ...
दोहा, कतार
الدوحة ad-Dawḥa | |
---|---|
सहर र नगरपालिका | |
देश | कतार |
नगरपालिका | Ad Dawhah |
Established | १८२५ |
क्षेत्रफल | |
• सहर | १३२ किमी२ (५१ वर्ग माइल) |
जनसङ्ख्या (२०१६)[1] | |
• सहर | १३५१००० |
• घनत्व | १००००/किमी२ (२७०००/वर्ग माइल) |
• महानगर | N/A |
समय क्षेत्र | युटिसी+3 (AST) |
बन्द गर्नुहोस्
दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रूपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रूपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व (पश्चिमी एसिया) को एक महत्त्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा रहेको छ।
यो शहर कतार विश्वविद्यालयको घर र HEC पेरिस बिजनेस स्कूलको क्याम्पस हो।