![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fb/Dewas_ritual.jpg/640px-Dewas_ritual.jpg&w=640&q=50)
देवास
From Wikipedia, the free encyclopedia
'देवास राईको परिचय
नेपाल बहुजाति, बहुभाषि, बहुसंस्कृति भएको राष्ट्र हो l यहाँ बसोबास गरिरहेका आदिवासी जनजातिहरुको आ-आफ्नै मौलिक भाषा, संस्कृति, इतिहास र पहिचान छ l किरात देवास राई पनि आफ्नो छुट्टै भाषा, संस्कृति, इतिहास र पहिचान भएको आदिवासी जनजाति हो l नेपालको प्राचिन कालमा महिषपाल वंश अन्तिम शासक भुवन सिंहलाई परास्त गरी इसा पुर्व छैठौ सताब्दी तिर राजा बनेका प्रथम किराती राजा यलम्बरका सन्ततिहरु मध्येकै देवास राई पनि हो l किरातीका अन्तिम राजा गस्ती मगधको आक्रमणबाट बिचलित भई मुलथलो बैशाली छाडेर आएका लिच्छिवीहरुले प्राचिन नेपालको राज्य शासन व्यवस्था आफ्नो हातमा लिएपछि विस्थापित भएका किरातीहरु ठूलो हुल पूर्व भेगतिर लागेको इतिहास छ l यहि भागमा केहि किरातीहरु प्राचिन नेपाल कै वरपर बसोबास गरेको इतिहासमा छ l इतिहासमा धुलिखेल किराती छाँप, मकवानपुर सेन किराती संयुक्त राज्य, उदयपुर चौदण्डी राज्य भएको उल्लेख छ l
अठारौ शताब्दीतिर गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्यलाई एकीकृत गर्दै गर्दा मकवानपुर राज्यका चौतारिया बाझाहाङ राई, धुलिखेलका राजा महेन्द्र सिं राई, उदयपुर चौदण्डीका राजा वुद्धि कर्ण राई भएको इतिहास छ l यिनै किराती राजा चौतारियाका सन्तान भाई भारदारहरु नै आजका देवास राईहरु हुन् l
अत: शाहकालीन एकात्मक राज्य व्यवस्थाको कारण र आफ्नो सम्पूर्ण अधिकार गुमेका कारण उत्पिदनामा परेका वल्लो किरात यी राईको धर्म, संस्कृति, भाषा र पहिचान संकटमा परेको देखिन्छ l सामन्ती वर्ग, सोशक वर्गको उत्पिदनामा परेकाले गरिबी, अशिक्षा र अवसरबाट बन्चित देखिन्छ l
यिनै समस्याको अध्ययन अनुसन्धान गर्न २०६१ साल भाद्र ३ गते “किरात देवास राई उत्थान समाज नेपाल” नामक अविछिन्न उत्तराधिकारी संस्थाको गठन भएको छ l गठन पश्चात विभिन्न जिल्लाहरुमा छरिएर रहेका देवास राईहरुमा आपसी एकता कायम गर्दै गुमिएका आफ्नो हक, अधिकार, भाषा, संस्कृति, पहिचानको उत्थान, विकास गर्न विभिन्न कार्यक्रम गरिरहेको छ l
भौगोलिक हिसावमा आधुनिक नेपालको मध्ये क्षेत्र बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, धादिङ, नुवाकोट र काभ्रेमा सघन बसोबास रहेको एवम् २ नम्बर प्रदेशको रौतहट, बारा, पर्सा र सर्लाहीमा समेत यस जातिको सघन बसोबास रहेको छ l अन्य केहि जिल्लाहरुमा पनि बसोबास गरिरहेको पनि जानकारी भएको छ l संस्थाको आफ्नो अध्ययन र नेपाल तथ्यांक विभागको अध्ययनलाई आधार मान्दा करिव एक लाख पचास हजार हाराहारीको जनसंख्या रहेको देखिन्छ l
शाहकालीन, राणाकालीन, पंचायतीकालिन साशन व्यवस्थामा दासत्व, उत्पिदनामा परेको यो आदिवासी जनजाति हालको दलीय संघीय गणतन्त्रात्मक शासन व्यवास्थामा पनि राजनैतिक पहुँच, अवसर तथा उच्च जाति, सामन्ती वर्गको प्रभाव, राजनैतिक तथा सामाजिक आरक्षणको अभावका कारण र गरिबी, अशिक्षा एवम् समुदायमा चेतनाको अभावले अझै पनि समुदायको विकास एवम् उत्थान हुन सकेको छैन l तसर्थ गुमाएका आफ्नो गौरवमय पहिचान र अधिकारलाई पुन: स्थापित गर्न सम्पूर्ण छरिएर रहेका किरात देवास राईहरु एकजुट भई आ-आफ्नो क्षेत्र, स्थानबाट समुदायको उत्थान एवम् विकास गर्न लाग्नु पर्ने आजको आवश्यकता छ l
धन्यवाद !
अध्यक्ष:- आशमान राई
किरात देवास राई उत्थान समाज नेपाल ,
केन्द्रिय समिति, काठमाडौं, नेपाल
इमेल : – rai.ashman@gmail.com
फोन नं. :- ९८५१००८१२७
'General Quries:'
Kirat Dewas Rai Utthan Samaj Nepal Kathmandu, Nepal Email: info@kiratdewasrai.com
प्राचिन किरात भूमि वल्लो किरात(पूर्वमा सुनकोशी देखि पश्चिममा त्रिसुली नदिसम्म र दक्षिणमा मकवानपुर जिल्लाको चित्लाङदेखि उत्तरमा रसुवा जिल्लाको गोसाँइकुण्डसम्मको भूभाग) भित्र र आसपासका जिल्लाहरु मकवानपुर, नुवाकोट, काभ्रे, चितवन, धादिङ, सिन्धुली आदिको भूभागमा आधार इलाका बनाई सदियौँदेखि हाल सम्म निरन्तर बसोबास गर्दै आफ्नै प्रकारको परम्परा मूल्य मान्यताहरु रहेका भूमिपुजक भूमिपूत्र राईहरु नै किरात देवास राई Dewas Rai हुन् । नेपाल एकिकरण पूर्व कालखण्डमा मुकुन्द सेनका रानी महिमवतीतर्फका कान्छा छोरा लोहांग सेनको राज्य संचालनको समयमा मकवानपुर राज्य पूर्वमा विजयपुर र दक्षिणमा भारतको चम्पारण सम्म फैलिएको थियो l त्यसताका वल्लो किरात भूमि मकवानपुरका चौतारिया बाजहाङ राय (बाजू राय ) र उनका छोरा चौतारिया विद्याचन्द्र राय , विजयपुर चौदण्डीका चौतारिया अगमसिँह राई, धुलिखेल चौकटका राजा महेन्द्रसिंह राई, नाम सिं राई, माझ किरातका अटल राई, चितन राई, अगमासी चम्लोंङ राई थिए l यिनै चौतारियाहरु तथा राजाका सन्तानहरुनै देवास राई भएको अग्रज पुर्खाहरु बताउछन् ।यस जातिको आफ्नो छुट्टै प्रकारको भाषा, संस्कार, संस्कृति तथा धर्म, परम्परा मूल्य मान्यताहरु रहेको पाइन्छ l यो जातीय समाजमा पहिला देखिने गरिने कुलपूजा तथा खेललाई देवास भन्ने गरिन्छ l परापूर्व कालमा शिकार जानु अघि देवास बसेर शिकार कहाँ पाइन्छ त्यसको जोखाना हेरी शिकारमा निस्कन्थे l कुनै शुभकार्य गर्न पूर्व तथा खेतीपाती लगाउँदा प्राकृतिक प्रकोप, रोगब्याधबाट जोगाउन र नयाँ बालीनाली भित्र्याउदा इष्टदेव खुशी पार्नका लागि देवास बस्ने प्रथा यस समुदायमा रहेको कारण यस जातिलाई देवास राई भनिएको हो भनी अग्रज पुर्खाहरु बताउछन् । पुस्तान्तरणसंगै यस्ता संस्कार तथा संस्कृति हस्तान्तरण हुन नसक्दा विस्तारै हराउदै गएको छ l किरात देवास राई उत्थान समाज नेपालको अध्ययन अनुसार यो जातिको प्रमुख बसोबासको थलो मकवानपुर, सिन्धुली, काभ्रे, नुवाकोट अर्थात् वल्लो किरात क्षेत्रहरुलाई मुख्य रुपमा मानिएको पाइन्छ l यस अतिरिक्त हाल रौतहट, सर्लाही, बारा, चितवन, धादिङ, ललितपुर काठमाडौं, उपत्यकाका विभिन्न स्थानमा पनि यो जातिको बसोबास छ l
यो जातिले आफूहरुलाई किरातकालिन समयको उपत्यकाबासी किरातका सन्तान मान्ने गर्दछन् l अन्य जातिका राईहरुमा जस्तै यो जातिभित्र पनि विभिन्न गोत्र एवम् पाछाहरु रहेकाछन् l यो जातिमा पनि आफ्नै प्रकारको परम्परागत संस्कार रहेका छन् जो अन्य जातिका राईहरुसंग अलग प्रकारको रहेका छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fb/Dewas_ritual.jpg/640px-Dewas_ritual.jpg)
देवास शब्दको अर्थ -
१. नेपालको मूलबासीको रूपमा मकवानपुर, नुवाकोट,धादिङ, चितवन, सिन्धुली आदि जिल्लाहरूमा बसोबास गर्ने एक "किरात राई जाति" ।
२. देवास राई जातिले गर्ने एक परम्परागत सांस्कृतिक तान्त्रिक अनुष्ठान ।
Kirat Dewas Rai, an indigenous tribe people ever known as land worshipper Rais, malarial friendly clan and the very first inhabitant of Makwanpur Dun region, are found settled down in the mid mountainous districts like Makwanpur, Nuwakot, Dhading, Chitwan, etc of the present day's Nepal from immemorial time. Those said districts pertain to the lower primeval Kirat land ranging from Trisuli River in the west to Arun River in the east and Goshaikunda in the north to the hilly area of Makwanpur district in the south. They are the descendants of Bajhang Rai, the premier of King Luhang sen of then makwanpur sen state. Bajhang Rai is said to have entered and settled down in the district of Nuwakot with his armies after the defeat in the battle with King Prithivi Narayan Shah.
Being good believers of shamanism, exorcism, and ancestral Gods, they worship byre, grill, animal, land, and nature as consuetude year-round. Dewas is not only a spiritual consuetude but also a life philosophy and recognition that is so deeply rooted in the livelihood of the Dewas rai community that whatever they are performing in their daily life and on special occasions is abiding by the dewas philosophy. To play Dewas ritual is a sacrament of calling for/ praying to god, goddess, and dead ancestral soul for the safeguard of family, villages, and for protecting plants and crops they cultivate, from any kind of natural disaster. Particularly It is collectively performed in the yard of the chief Priest in the village every year on the eve of Bhadra Janai full moon day among the presence of villagers, be they men or women or the aged or young or children, with great pomp during the whole night.
Provided anyone sits for playing Dewas, their body commences shaking due to the influence of exorcism. Specially It is performed for the sake of giving gratitude to Gods & Goddess after the completion of any important task such as paddy/maize cultivation or harvesting. The main goal of playing Dewas is to sain the village, society, and farming land from natural perils.