![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/75/World%2527s_largest_trident%2528Trishul%2529.jpg/640px-World%2527s_largest_trident%2528Trishul%2529.jpg&w=640&q=50)
दाङ जिल्ला
मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो / From Wikipedia, the free encyclopedia
दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्।
छरितो तथ्यहरू दाङ जिल्ला, देश ...
दाङ जिल्ला | |
---|---|
![]() दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल | |
![]() लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थान | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | घोराही उपमहानगरपालिका |
क्षेत्रफल | |
• जम्मा | २९५५ किमी२ (११४१ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ६७६ २७७ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली भाषा |
बन्द गर्नुहोस्